२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा विपत व्यवस्थापनको लागि बजेटको व्यवस्था, भिडभाड हुन नदिने, उद्योग, कलकारखाना


२२९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १२, बुधबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली
    पाँचखाल/पाँचखाल नगरले कोरोना भाईरसलाई मध्यनजर राख्दै नगर प्रमुख महेश खरेलको संयोजकत्वमा विपद व्यवस्थापन समितिको बैठक वसेको छ ।

    बैठकमा नगरप्रमुख खरेलले नागरिकको सुरक्षा गर्नु जनप्रतीनिधिहरुको कर्तव्य रहेको बताउनु भयो । कोरोनाबाट जोगिनको लागि पाँचखाल नगरलाई कम्तिमा ३० हजार मास्क आवश्यक हुन्छ, त्यसको व्यवस्थापन गर्ने बिषयमा अगाडी बढेको बताउनु भयो ।

    बैठकमा नगरप्रमुख खरेलले कोरोनाको आक्रमणबाट जोगिनको लागि जन चेतना फैलाउनु प्रमुख कार्य भएकोले सो कार्यलाई अगाडी बढाउने बताउनु भयो । नगरवासिहरुलाई सुरक्षीत राख्नको लागि प्रत्तेक टोलमा पुगेर सुरक्षाको बारेमा जानकारी गराउने बताउनु भयो । केहिगरी रोगको लक्षण देखापरेमा त्यस्ता विरामीलाई ओसार्ने एम्बुलेन्स साथै सोसंग सम्बन्धित सुरक्षीत पि.पि.ए युनिफर्मको व्यवस्था गर्ने बताउनु भयो ।

    बैठकमा पाँचखाल नगर स्वस्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीले नगरमा रहेका स्वस्थ्यकर्मीहरुका साथै नगरवासिहरुको सुरक्षाको लागि आवश्यक सामाग्री उपलब्ध गराउने बताउनु भयो । नगरमा क्वारेन्टाइन र आईसोलेसनको व्यस्था गरीने बताउनुभयो । उहाँले बताउनुभयो नरवासिहरुको स्वास्थ्यमा कुनै समश्या आउन नदिने ढंगको कार्य गरिने बताउनु भयो ।

    विपद् व्यवस्थापन समितिको आकस्मिक एवं संयुक्त बैठकले कोरोनाको संक्रमण बिरूद्ध लड्न विभिन्न प्रकारका निर्णयहरु गरेको छ । जसमा माईकिङ र गस्ती गरेर जनतालाई सुसुचित गर्दै बाहिर ननिस्की घरमा बस्न अनुरोध साथ सचेतनामूलक पर्चा वितरण गर्ने निर्णय भएको छ । भिडभाड मुलक काम नियन्त्रण गर्ने, ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर लगायतका धार्मिक स्थलमा नित्य पूजा बाहेक भीडभाड रोक्न अन्य पुजा आजाका कार्यक्रम बन्द गर्ने । कार्यपालिका बैठक र अन्य बैठकहरू भिडियो कन्फरेन्स, सामाजिक सञ्जाल वा अन्य बिधिबाट सञ्चालन गर्ने भएको छ ।

    कोरोनाबाट जोगिनको लागि प्रिपेरिङ रेस्पोन्स टोली गठन गर्ने, सो कार्यसँग सम्बन्धित खरिद कार्य गर्ने जिम्मेवारी नगरपालिकाको सार्वजनिक खरिद ईकाईलाई जिम्मेवारी दिने निर्णय भएको छ । नगरस्तरीय र प्रत्येक वडामा गठन भएको वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई कृयाशील गर्नेे । वडा समिति र वडा स्तरीय कोरोना प्रतिकार्य समितिलाई विपद् व्यवस्थापन कोषबाट पछि खर्च सम्बन्धी आवश्यक कागजात पूरा गरी भुक्तानी दिनेगरी हाललाई कोरोना जोखिम रोकथाम र न्यूनीकरण कार्य गर्न नगरमा रहेको १३ वटै वडाहरुलाई ५० हजारका दरले विपद व्यवस्थापनको लागि खर्च गर्ने अख्तियारी दिने निर्णय भएको छ ।

    नगरपालिकाले नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कार्यरत कुनैपनि कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नछोड्ने निर्णय भएको छ । पाँचखाल प्राथमिक स्वस्थ्य केन्द्रमा ५ शैयाको आइसोलोसन वार्ड तत्काल व्यवस्था गर्ने र समाजकल्याण प्राथमिक विध्यालयमा क्वारेन्टाईन वार्डको व्यवस्था गर्ने निर्णय भएको छ ।
    नगरमा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने साथै वडा कार्यालय एवं मानिसहरुको बढी भिडभाड तथा आवतजावत हुने महत्वपूर्ण धार्मिक एवं सार्वजनिक स्थलमा हात धुने व्यवस्था गर्न सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने भएको छ । भिडभाड हुने चिया पसल, धेरै कामदार भएका उद्योग, व्यवसाय, सहकारी संस्था बन्द गर्न अनुरोध गर्ने निर्णय भएको छ । बिपद् व्यवस्थापन कोषमा उपयुक्त शीर्षकबाट रकमान्तर गरि ७ लाख थप गरी कोषको व्यवस्था मिलाएको छ ।

    बिदेश वा नगर बाहिरबाट कोही पाँचखाल नगरपालिका भित्र आएको भए स्वास्थ्य जाँचका लागि आउन अनुरोध गर्ने । यसरी कोही नयाँ ब्यक्तिको बारेमा निगरानी राख्न वडा स्तरीय कोरोना प्रतिकार्य समितिलाई जिम्मेवारी दिने । चैत १० देखि चैत २१ गतेसम्म पाँचखाल नगरपालिका क्षेत्रमा घरभित्रै बस्न जानकारी गराउने निर्णय भएको छ । कोरोनासँग सम्बन्धित विपद् व्यवस्थापनमा आईपर्ने निर्णय लिने सम्पुर्ण अधिकार प्रमुख प्रशासकीय अधिकृत लोक वहादुर भण्डारीलाई दिने निर्णय भएको छ ।

    कोरोनासँग सम्बन्धित विपद् व्यवस्थापनमा आईपर्ने कार्य गर्न खटिने नगरपालिका, स्वास्थ्य संस्था, सुरक्षा निकाय र निजी क्षेत्रको फोहोर व्यवस्थापनका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता, सुरक्षाका सामाग्री, मास्क, स्यानिटाईजर, ग्लोब्स लगायतका सामाग्री उपलब्ध गराउने निर्णय भएको छ ।

    त्यसैगरी पनौती नगरपालिकाले कोरोना रोग सम्बधि स—चेतना कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तर्गत मानेश्वरी बसपार्कमा साबुनले हात धुने व्यवस्था गरेको छ । पनौती नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सहकुल प्रसाद हुमागाईका अनुसार महामारीको रुपमा फैलिएको कोरना भाईसरको बिरुद्ध जनमानसहरुको जमघट हुने स्थल पनाती बसपार्कमा वडा नं ६, ७ र ९ को शंयुक्त रुपमा नगरवासिहरुलाई चेतना अभिबृद्धि कार्यक्रम राखेको बताउनु भएको छ ।
    त्यसैगरी जिल्ला भित्र रहेका स्वास्थ्य संस्थाहरु सोही अनुसार परचालित हुने क्रममा बनेपा स्थित शिर मेमोरियल अस्पताल बनेपाले पनि सामाजिक दायित्व निर्वाह गरीरहेको सामाजिक अभियन्ता पुकार श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार जिल्लदामा कृयासिल सुरक्षा निकायको समन्वयमा अस्पताल प्रवेश गर्ने प्रत्यक व्यक्तिको स्वास्थ्य परिक्षण गरिएको बताउनु भएको छ ।

    त्यसैगरी धुलिखेल नगरका बिभिन्न स्थानमा धुलिखेल उद्योग वाणिज्यसंघ र रोटरी क्लब अफ धुलिखेलको संयुक्त सहकार्यमा ५ सय लिटरका खानेपानी ट्याङ्की र हात धुने साबुनको व्यवस्था साथै सेनिटाईजरको समेत व्यवस्था गरिएको धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले बताउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार