२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा लकडाउनको अटेर गर्दै वडा कार्यालय निर्माण, सम्बन्धित निकाय मौन


३०३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे, विश्वमा कोरोना भाईरसको कारण महामारीको रुपमा फैलिएको छ । हाल सम्मको अवस्थामा झण्डै ७५ हजारले ज्यान गुमाई सकेका छन् । विश्वका ठुला ठुला मुलुकहरुमा फैलिएको महाँमारीले गर्दा विश्वनै आतंकित भएका छन् ।

    महाँमारीबाट जोगाउनको लागि नेपाल सरकारले सकारात्मक भूमिका खेल्दै लकडाउन गरेको छ । समयमै होसियारी अपनाउंदा हाल सम्मको अवस्थामा नेपालमा अप्रिय घटना घट्न पाएको छैन । तर सरकारले गरेको लकडाउनको पुर्ण पालना नहुँदा जटिल समस्या आउनसक्ने संभावनाहरु प्रवल रहेको विषयगत बिषेशेज्ञहरुको तर्क रहेको छ ।

    लकडाउनको मौका छोप्दै फाईदा उठाउने पक्षले गर्दा मुलुकमा जटिल समस्या आउन सक्छ, लक डाउनलाई अटेर गर्नेमा सामान्य परिवारका मानिस देखी उच्च घरानाका समेत भएको पाईन्छ । कति त आफ्नो शक्ति (हैसियत) देखाउनको लागि पनि लकडाउनलाई अटेर गर्दै हिडेका छन्, कती त रमिते ढंगबाट अनावश्यकमा घुमफिर गर्ने कार्यलाई नियन्त्रण गर्न प्रहरी प्रशासनलाई हम्मे भएको छ ।

    सरकारले मुलुकमा तेस्रो पटक लकडाउन घोषण गरी सकेको अवस्था सम्म आईपुग्दा जिम्मेवारी पक्षले समेत खासै चासो देखाएको पाईदैन । जसको उदाहरण स्वरुप वनेपा नगरपालिका वडा नं ३ को वडा भवन निर्माण कार्य रोकिएको छैन । सो वडा भवन निर्माणको लागि ७० लाख वजेट व्यवस्था भएको थियो । नि—बर्तमान सुचना तथा संञ्चार प्रबिधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिलन्यास गरेको उक्त वडा कार्यलयको भवन निर्माणकार्य सिलन्यास गरेपछि तत्कालै सुरु नभएपनि मुलुकमा लकडाउन घोषणा भएपछि भने गति लिएको छ ।

    स्थानिय निर्माण व्यवसायी निरोज श्रेष्ठले निर्माण कार्यको जिम्मेवारी पाउनु भएको छ । हाल आएर स्थानिय ७ । ८ जना मजदुरहरुको माध्यमबाट निर्माण कार्यलाई अगाडि बढाईएको छ । जसले गर्दा लकडाउनको खिल्लि उडाउने कार्य भएको छ । बनेपा नगरपजालिका वडा नं ३ नालामा सवारी आवागमन तथा अनावश्यक रुपमा आवत जावतमा कडाई गरी वडावासिको सुरक्षा गरी राम्रो कार्य गरेको चर्चा पाई रहेको अवस्थामा वडा कार्यालय निर्माण निरन्तर रुपमा हुंदा स्थानियहरु रुष्ट भएका छन् ।

    कोरोना संक्रमण फैलिने डरले गर्दा वडा अध्यक्ष कृष्ण प्रसाद दाहालको प्रयासमा स्थानिय चिया पसल र होटलहरु बन्द भएको छ । लकडाउनको पुर्ण पालना गराउने कार्यमा वडा अध्यक्ष दाहालको सकारात्मक भूमिका प्रति स्थानियहरुले सकारात्मक ढंगले हेरी रहेको अवस्थामा वडा कार्यालय निर्माण कार्यले स—संकित पारेको छ ।
    वडा कार्यालय निर्माण कार्य निरन्तर रुपमा अगाडी बढेको बिषयमा वडा अध्यक्ष दाहालसंग सम्पर्क राख्दा स्थानिय ठेकेदार भएकोले स्थानिय मजदुरहरुको माध्यमबाट निर्माण कार्यलाई अगाडि बढाएको नवशंकेत जअनलाईनलाई जानकारी गराउनु भयो । यसरी लकडाउनको मौका छोप्दै ठेकेदारको फाईदाको लागि मजदुर तथा स्थानियको स्वास्थ्यमा समेत जोखिम मात्र नभई सवैलाई समान व्यवहार नभएको भनि स्थानियहरुको गुनासो आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार