२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोनाको कारण प्रहरी अधिकृतको मृत्यु


२४२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ६, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । भारतको पञ्जाबमा कोरोना भाइरस (कोभिड-१९) को कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए ।

    उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी गरिएको थियो । तर, यो प्रक्रिया सुरु हुनुपूर्व नै उनको मृत्यु भएको हो । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसीपी अनिल कोहलीको मृत्युमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले केही दिनअघि मात्र एसीपीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका हुन् ।

    समाचारमा बताएअनुसार ५२ वर्षीय एसीपी हालै कुनै बाहिरी मुलुकको यात्रामा भने गएका थिएनन् । शुक्रबार पञ्जाब सरकारले उनीमाथि प्लाज्मा थेरापी दिइने बताएको थियो । उनी भारतमा प्लाज्मा थेरापी लिने पहिलो बिरामी हुने थिए ।त्यस्तै, भारतका अन्य २६ सुरक्षाकर्मीमा पनि कोरोना संक्रमित भएका छन् । भारतीय जलसेनाका २६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार, पोजेटिभ देखिएका नौ सैनिक मुम्बईस्थित पश्चिम कमाण्डका हुन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार