नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
योसँगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ । यसअघि नेपालगन्जमा आइतबार १५ जनामा कोरोना संक्रमण देखिएको थियो । हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये १६ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितको संख्या बढेसँगै नेपालगन्जमा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पहिचान र परीक्षण गर्ने काम भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस