२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एकै परिवारको १७ लाई कोरोना


२२१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २४, बुधबार मा प्रकाशित ४ साल अघि
  • २४ वैशाख, वीरगञ्ज । बुधबार थपिएका १७ जना कोभिड – १९ का संक्रमित वीरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ ।

    वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ६६ वर्षका वृद्धसमेत छन् ।

    संक्रमित परिवारका सदस्यहरूले भने लकडाउन घोषणा भएपछि आफूहरू बाहिर नगएको बताएका छन् । अस्पतालका अधिकारीहरू ३६ वर्षका पुरुषलाई भएको संक्रमणको स्रोत नै पत्ता नलागेको बताउँछन् । अब परिवारको सबै सदस्यमा संक्रमण देखिएकाले उनीबाट परिवारको सदस्यमा सरेको हो कि अर्का सदस्यबाट हो भन्ने यकिन गर्न नसकिने वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाले जानकारी दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार