२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राष्ट्रपतिले दर्शन गर्ने मन्दिरमा लगाईयो ताला


२७९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रत्तेक बर्षको बुद्धजयन्ति (चण्डेपुर्णी) को दिन दर्शन गर्ने मुलुककै ऐतिहासिक धरोहरको रुपमा परिचित काभे्र जिल्ला पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पलाञ्चोक भगवतीको मंन्दिरमा यो बर्षको बुद्धजयन्ति (आज) मुल गेटमा ताला लगाएको छ ।

    विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईसरको कारण नेपालमा चैत्र ११ गतेबाट लकडाउन हुदै आएको छ । सोही कारण बुद्ध जयन्तिको दिन भगवति मंन्दिरमा परम्परा कालबाट गरिदै आएको बिषेश पुजा समेत स्थगित गरी नियम पुजा मात्रै गएिको थियो । बिहान ९ बजे गर्ने नित्य (नियमपुजा) गरिसक्नासाथ मन्दिरको मुल गेटमा ताला लगाईएको थियो ।


    परम्पराकालबाट भव्य रुपमा मनाउदै आएको पलाञ्चोक भगवतिको जात्राको वारेमा मन्दिर रहेको वडा का वडा अध्यक्ष किरण श्रेष्ठसंग संम्पर्क गर्दा उहाँले भन्नुभयो “पाँचखाल नगरमा रहेको वडा मध्यकै कोरोनाको वडी जोखिम रहेको वडा हो, यो वडामा रहेको ऐतिहासिक मन्दिर पलाञ्चोक भगवती रहेकोले आस्था रहेका जो कोही भक्तजन यो वडामा आउन सक्छन् ।” “कसैलाई कोरोना रोग लागेको भएपनि भगवतिको दर्शनगर्दा रोग मुक्त हुन्छकि भन्ने आशाले पनि याहाँ आउन सक्छन् ।” जसको कारण महामारी फलने भय हुन्छ ।

    वडा अध्यक्ष किरण श्रेष्ठले भन्नुभयो बुद्ध जयन्तिको अघिल्लो रातीबाट सुरु भई बुद्धजयन्तिको दिन बेलुका सम्म हुने मेलामा विगत बर्षहरुमा २ लाख भन्दा बडि भक्तजनहरु आउने गरेका थिए । तर यो बर्ष पाँचखाल नगरपालीका, मन्दिर रहेको वडा कार्यालय, स्थानिय युवाहरु, प्रहरी प्रशासनको समेत अथक प्रयासमा भक्तजनहरुलाई रोक्न सफल भएका छौं । हामी सवै मिलेर परम्पराकालबाट पलाञ्चोक भगवतिमा गरिदै आएको रथ जात्रा, विषेश पुजा साथै मेला नगर्ने भन्ने बिषयमा प्रचारप्रशार गरी भक्तजनहरुलाई रोक्न सफल भएका हौं ।

    बुद्धजयन्तिको दिनमा गरिने बिषेश पुजा रोकेकोले कोरोना रोगको भय मुक्त भएपछि क्षमा पुजा गर्ने निर्णय गरेका छौं, वडा अध्यक्ष श्रेष्ठले थप्नुभयो । यसरी प्रचार प्रसारगरी भक्तजनहरुलाई रोक्दा पनि करिव २ सयको हाराहारीमा भक्तजनहरु आएकोले विहान नियम पुजाको समयमा दुरी निर्धारन गरी दर्शन गराएर १० बजे मुल गेटमा ताला लगाएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । इलाका प्रहरी कार्यालय पलाञ्चोकका प्रमुख यव बहादुर बुडा थोकिका अनुसार सरकारले लगाएको लकडाउन पुर्ण पालना गराउने कार्यमा सफल भएको बताउनु भयो । उहाँले थप्नुभयो वडा अध्यक्ष किरण श्रेष्ठ साथै स्थानिय युवाहरुको साथ र सहयोगले गर्दा नगरपालिकाको नियम अनुसार लकडाउन पुर्ण पालना गराउन सहज भएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार