२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

५० रुपैया दिएर बलत्कार, १० लाख दिएर मिलाउने प्रयास


२२६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • २६ वैशाख, कैलाली । कञ्चनपुरमा १५ वर्षकी किशोरी बलात्कारको आरोपमा ६८ वर्षका वृद्ध पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाका तारादत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

    किशोरीलाई ५० रुपैयाँ दिई   बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ । वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ । पीडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रवीन्द्र पौडेलले घटनाबारे अनुसन्धान भरहेको बताए । `५० रुपैयाँ दिएर बलात्कार गरेको र घटना मिलाउन १० लाख रुपैयाँको चेक दिएको पाइएको छ´ उनले भने, ‘अनुसन्धानको काम अन्तिम चरणमा पुगेको छ ।´वैशाख २ गतेको घटना ढिला गरी प्रहरीसमक्ष पुगेको हो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार