२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अग्नी सापकोटाको पहलमा स्वस्थ्य मन्त्रालयको टोली बाह्रविसे जाँदै


२१४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाने भएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि त्यसको अनुसन्धान गर्न मन्त्रालयको टोली त्यहाँ जान लागेको हो । सो टोलीले महिलाको घर, माइती, वरपरका बजार र उनको सम्पर्कमा आएका व्यक्तिहरुको सम्भावित जोखिम आँकलन गर्ने छ ।

    सिन्धुपाल्चोकको बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । आफ्नो निर्वाचन क्षेत्रकी महिलाको कोरोनाबाट मृत्यु भएको जानकारी पाएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी स्वास्थ्य विज्ञहरुको टोली पठाउन आग्रह गरेका थिए । सभामुख र स्वास्थ्य मन्त्रीबीच मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी नेतृत्वको टोलीलाई सिन्धुपाल्चोक पठाउने कुराकानी भएको थियो ।

    स्वास्थ्य मन्त्रालयको मन्त्रालयको टोलीसँगै बागमती प्रदेश सरकारको र्‍यापिड एक्सन फोर्सको टोली पनि सिन्धुपाल्चोक जाँदै छ । बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पाले स्वास्थ्य मन्त्रालय र प्रदेश मन्त्रालयको टोली आज सिन्धुपाल्चोक आउन लागेको जानकारी आफूले पाएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार