आइ.आर.के मैनाली
काभ्रे । विश्वमा महाँमारिको रुपमा फ्रलिएको कोरोना भाईसरको कारण बिभिन्न मुलुकमा गरी ९६ जना नेपालीको ज्यान गएको छ । भने नेपालमा सिन्धु पाल्चोक बाह्रविसेकी २९ बर्षे महिलाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । हिजो शनिबार काठमाडौ पशुपति आर्याघाट विद्युतिय शवगृहमा दाहा संकार भएको थियो ।
आज आईतबार स्वास्थ्य मन्त्रायको बिशेष टोलिले बाह्रबिषेमा र मृतक महिलाको संभावित सम्पर्कको स्थानहरुको बारेमा जानकारी लिई प्रकोप फैलनबाट जोगाउने तयारी गर्दै छ । सभामुख अग्नि प्रसाद सापकोटाले आफ्नो निर्वाचन क्षेत्रमा भएको दुखद घटनाको बिषयलाई लिएर स्वास्थ्य मन्त्रालयसंग सम्पर्क गरी उक्त टोलि पठाउन पहल गरेको नवसंकृत अनलाईलाई जानकारी गराएको छ ।
हेर्नोस कुन ठाँउमा कती नेपालीको मृत्यु भयो
बेलायत – ६३
अमेरिका – १५
संयुक्त अरब इमिरेट्स्ट (युएइ) – ९,
साउदी अरब – २
आयरल्याण्ड – १
जापान – १
टर्की – १
नेदरल्याण्ड – १
बहराइन – १
स्वीडेन – १
नेपाल – १
प्रतिक्रिया दिनुहोस