सिन्धुपाल्चोक/प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।
ढुङ्गा लागेर घाइते भएका प्रसनि तामाङको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस