२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लुकेर काठमाडौ प्रवेश गर्नेलाई कारवाही , प्रवेशको लागि आरडीटी रिपोर्ट अनिवार्य


२७५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काठमाडौ । काठमाडौ उपत्यकामा कोरोना रोग फैलन नदिनको लागि उपत्यका आसपासका नाकामा अत्यावश्यक बाहेककालाई प्रवेशमा बिषेध गर्ने भएको छ ।

    काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्नेले पनि आफ्नै व्यक्तिगत खर्चमा उपत्यका प्रवेश गर्नको लागि आरडीटी परीक्षण गरी नेगेटिभ रिपोर्ट साथमा लिएर मात्र प्रवेशको लागि अनुमति दिने गृहले जनाएको छ । नेपालको विभिन्न स्थानमा कोरोनको संक्रमण फैलिएकोले उपत्यकालाई शुरक्षीत राख्नको लागि उक्त निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

    काठमाडौ उपत्यकाको प्रमुख नाकाहरुबाट प्रवेषमा कडाईको लागि सम्बन्धित स्थानिय तहसंग समन्वय गरेर अगाडी बढेको छ । उपत्यका र आसपासका जनप्रतिनिधिको छलफल गर्दै गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको नवसंकेत अनलाईनलाई जानकारी गराएको छ ।

    जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी भएका थिए ।

    गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ ।

    ‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी स्म्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागन संकलनर अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने भएको छ ।

    पत्रमा काठमाडौं उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नुपूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ । स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारवाही प्रक्रिया सुरु गर्ने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार