२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा तेस्रो पटकको आरडिटि परिक्षणमा पुन झड्का, २ पोजेटिभ


२९८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकामा आज (विहिबार) सम्म तेस्रो दिन गरेको आरडिटि परिक्षणमा २ जनालाई पोजेटिभ देखिएको छ ।

    पहिलो दिन सोमबार ४३ जना स्वास्थ्य कर्मीहरुलाई परिक्षण गरिएको थियो । जसमा २ जनालाई पोजेटिभ  भेटिएको थियो ।  पोजेटिभ देखिएका २ स्वास्थ्य कर्मीहरुको पिसिआर परिक्षणको लागि पठाई सुरक्षीत क्वारेन्टाईनमा राखिएको थियो । पिसिआर परिक्षणबाट उनीहरुको नेगेटिभ देखिएको थियो ।

    तेसैगरी दोस्रो दिन मंगलबार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संञ्चारकर्मी, सवारी चालक लगाएतका ४० जनाको परिक्षण गर्दा सवै जनाको नेगेटिभ भेटिएको थियो । तेस्रो दिन आज (विहिबार) स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फलफुल पसल, होलसेलरहरु लगाएत ४८ जनाको आरडिटि परिक्षण गरिएको पाँचखाल नगर स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीले नवसंकेत अनलाईनलाई जानकारी गराउनु भयो ।

    शाखा प्रमुख अधिकारीका अनुसार आज तेस्रो दिनको परिक्षणमा २ जना स्वास्थ्यकर्मीमा पोजेटिभ देखिएको बताउनु भयो । उहाँका अनुसार उनीहरुलाई शुरक्षीत तरिकाले क्वारेन्टाईनमा राखि पिसिआर परिक्षणको लागि प्रक्रिया अगाडी बढाएको छ ।

    पहिलो दिन भएको परिक्षणबाट पाँचखाल र आसपासका स्थानिय ससंकित भएका थिए । पिसिआर परिक्षणबाट नेगेटिभ  देखिनुका साथै दोस्रो दिनको परिक्षणमा सवैको नेगेटिभ देखिदा निर्धक्क भएका पाँचखालवासि तेस्रो दिनको परिक्षणले पुन झड्का दिएको छ ।

    यसै बिषयमा स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीसंग संम्पर्क राख्दा उहाँले भन्नुभयो “पाँचखालमा गरिएको आरडिटि परिक्षणको अवस्था हेर्दा पाँचखाल हाल सम्म सुरक्षीत रहेको महसुस भएको छ ।” उहाँले थप्नुभयो आरडिटिमा पहिलो परिक्षणमा पोजेटिभ देखिएकाहरु पिसिआर परिक्षणबाट नेगेटिभ देखियो, आशा छ आज तेस्रो दिनको परिक्षणबाट २ जनामा पोजेटिभ देखिएकाहरुको पनि पिसिआर रिपोर्ट नेगेटिभ नै आउंछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार