२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोनाबाट मृतकको शव अस्पतालमै अलपत्र, मृत्युको बारेमा छानविन हुनुपर्ने अडानमा पिडित


२३३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली

    ९ जेठ, बुटवल । महाँमारिको रुपमा फैलिएको कोरोना रोगका कारण तेस्रो व्यक्तिको रुपमा मृत्यु हुने गुल्मी मदानेका ४१ बर्षीय मृतकको शव अस्पतालमै अलपत्र अवस्थामा रहेको छ ।

    रुपन्देहीको क्रिमसन अस्पतालमा हिजो (विहिबार) विहान ७ बजे मृत्यु घोषणा गरिएको थियो । पिडित पक्षले अस्पतालले उपचारमा लापर्वाहि गरेकोले मृत्यु भएको भन्दै यथार्थ थानविन नभए सम्म लास नबुझ्ने अडान लिएका छन् ।

    मृतकका भाइले भनेका छन्—उपचारको क्रममा जेठ ५ गते कोरोना देखिएपछि विरामीले उपचार नै नहुदा मृत्यु भएको हो । अस्पतालको लापर्वाहिले गर्दा मृत्यु भएकोले यथार्थ छानबिन गरी न्यायको प्रत्याभूति नभएसम्म शब नबुझ्ने बताउंदै आएका छन् । जसको कारण अस्पताल साथै प्रशासनलाई समस्या परेको छ ।

    पिडत पक्षको भनाई छ ‘जब कोरोना पोजेटिभ देखिया, त्यसपछि डाक्टरले वास्तै गरेनन् ।” ‘अस्पतालले राम्रोसंग उपचार गरेको भए ज्यान जाने थिएन,चरम लापरवाहीको कारण मृत्यु भयो ।’ उपचारको क्रममा बिरामीको परिवारलाई कुनै जानकारी नै नदिई ढाडबाट पानी निकालियो, पानी निकालेपछि नै विरामी बेहोस भएका, ढाडबाट पानी ननिकाल्दासम्म विरामीको अवस्था राम्रै रहेको पिडित पक्षको दावि रहेको छ ।

    पिडित पक्षले भनेका छन्—‘कोरोना देखिएपछि विरामीले उपचारै नपाउने चरम लापरवाहीको अवस्थाले गर्दा मृत्यु भयो । दाजुलाई कोरोना संक्रमण भएको भन्नेमा पनि शंका रहेकाले पुनः परीक्षण गराउनुपरेको उनले खुलाए । तर दोस्रो परीक्षणको रिपोर्ट आइसकेको छैन, उनले भने ।

    पिडित पक्षको भनाईको बारेमा नवसंकेत अनलाईनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थसंग सम्पर्क गर्दा पिडित पक्षको मागको बारेमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने बिहीबार नै शव उठाएर दाह संस्कार गर्ने तयारी थियो तर दाहा संकार कार्यको लागि घाटको केही समस्या भएकाले ढिलाई भएको हो ।

    त्यसैगरी क्रिमसन अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले विरामीको उपचारमा कुनै बेवास्ता र लापरवाही नभएको दावी गरे । ‘यस्तो अप्ठेरो अवस्थामा हामीले सेवा दिएका छौं, फेरि पनि अस्पताललाई नै दोष दिने कुरा त्यति राम्रो होईन,उनले भने । विरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई पीडा हुनु स्वभाविक हो, तर अस्पताल र डाक्टरलाई दोष दिनु झन् ठूलो अन्याय हो ।’

    दाहा संस्कारको लागि घाटको समस्याको बिषयमा बुझ्दा—बिहीबार मृतकको दाह संस्कार बुटवलको मगरघाटमा गर्ने कुरा भएपनि घाट व्यवस्थापन समितिले नदिएपछि तिलोत्तमा– १४ को तिनाउ घाटमा गर्ने भनी सबै तयारी पूरा भएपनि रातिसम्म शब नै नआएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार