२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना संक्रमण हुनेमा पुरुषको संख्या धेरै- कुन कुन उमेरका कती संक्रमित भए ? आज सम्मको विवरण


२२७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काठमाडौँ — विश्वमा महाँमारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा महिलाको तुलनामा धेरै पुरुषलाई सताएको छ । पुरुषहरु काम बिषेश धेरै बाहिर हुने भएकोले पुरुष बढि संक्रमित भएको हुन सक्ने अडकल गरिएको छ ।

    नेपालमा हाल संक्रमण पुष्टि भएकामध्ये करिब ६० प्रतिशत २१ देखि ४० वर्ष उमेर समूहका (२ सय ७३) जना रहेका छन् । आज (शुक्रबार) सम्म ४ सय ८७ संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ८४ प्रतिशत पुरुष छन् । जसमा ४१२ जना पुरुषमा संक्रमण देखिएको छ भने ७५ जना महिला रहेका छन् । ६० वर्षमाथिको उमेर समूहमा कुल संक्रमित १८ जनामध्ये आधा पुरुष र आधा महिला छन् ।

    हाm सम्मको अवस्थामा सबैभन्दा कम उमेरको २ महिने शिशु र सबैभन्दा बढी उमेरका ८१ वर्षीया महिलामा संक्रमण भएको छ । एक वर्षभन्दा कम उमेरका २ जना संक्रमित छन् भने ५ वर्षमुनिका ६ जना, ४१ देखि ६० वर्षसम्मका ६७ जना रहेको छ ।

    त्यसैगरी बिहीबार गुल्मीका एक जनाको मृत्यु भएपछि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको मृत्यु भएको थियो । नेपालमा कोरोनाको मृत्युदर ०.६५ प्रतिशत छ ।

    मृत्यु भएका ४१ वर्षीय पुरुष र २९ वर्षीया महिलालाई कोरोना संक्रमण हुँदा मुख्य रूपले देखिने लक्षणहरू सुक्खा खोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने तथा निमोनिया देखिएको थियो । त्यसैगरी २५ वर्षीय पुरुषमा ज्वरो र बान्तालगायतका लक्षण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रायलका अनुसार हालसम्म मुलुकमा ८० प्रतिशतभन्दा बढी संक्रमितमा कोरोनाको लक्षण नदेखिएको (एसिम्प्टोम्याटिक) वा धेरै मधुरो लक्षण देखिएको अवस्था छ । प्रदेश ५ मा मृतक र संक्रमितको संख्या अन्यको भन्दा बढी छ । त्यहाँ २ जनाको मृत्यु र २ सय जना संक्रमित भेटिइसकेका छन् । मृतक महिला भने वाग्मती प्रदेशकी हुन् ।
    कोरोना संक्रमण भएकाहरूमध्ये ७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मनत्रालयका उनका अनुसार अधिकतम ३३ दिनसम्ममा संक्रमित निको भएका छन् । कोरोना संक्रमितको औसत अस्पताल बसाइ २० दिनको रहेको छ ।

    नेपालमा आज सम्म कोरोना संक्रमितहरू १० वर्षसम्मका १७ जना, ११ देखि २० वर्षसम्मका ८९ जना, २१ देखि ३० वर्षसम्मका १७३ जना, ३१ देखि ४० वर्षसम्मका १२० जना, ४१ देखि ५० वर्षसम्मका ४७ जना, ५१ देखि ६० वर्षसम्मका २१ जना, ६१ देखि ७० वर्षसम्मका १२ जना, ७१देखि ८० वर्षसम्मका ४ जना र ८१ वर्षमाथिका १ जना रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा गत फागुन मसान्तसम्म १ जना मात्र संक्रमित भेटिएकोमा संख्या बढेर चैत मसान्तसम्म १२ पुग्यो । वैशाख मसान्तसम्म २ सय १९ , अरु महिनाको तुलनामा जेठ महिनामा धेरै भयो जेठ महिनामा मात्र आज सम्म २६८ जना संक्रमित साथै ३ को मृत्यु यहि महिनामा भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार