२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा बलेरो दुर्घटनामा चार घाईते, टिफरले ठक्कर दिएर भागेको हो-चालक


२७८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका वडा नं ४ अरनिको राजमार्ग (पाँचखाल प्रहरी चौकी नजिक) मा शुक्रबार राती बलेरो दुर्घटना हुंदा चार जना घाईते भएका छन् ।

    बा १३ च ६७४९ नं को बलेरो दुर्घना हुंदा बलेरो चालक नवराज दाहाल र बलेरोमा सवार गर्ने अन्य तीन गरी चार जना घाईते भएका थिए । घाईते मध्य कृष्ण बहादुर तमाङलाई बढी चोटपटक लागेको जानकारी प्राप्त भएको छ ।
    सवारी दुर्घटना हुनासाथ तत्काल पाँखाल प्रहरी चौकीका प्रहरीहरु साथै सशस्त्रका प्र.ना.नी (इनिक्सपेक्टर) को नेतृत्वमा आएको प्रहरी टोली साथै स्थानिय युवाहरुको उपस्थितिमा घाईतेहरुको उद्धार गरेको थियो । घाईतेहरुलाई उपचारको लागि तत्काल धुलिखेल अस्पताल पठाईएको थियो ।

    बलेरो चालक तथा बलेरोमा सवार गर्नेहरुले टिफरले ठक्कर दिदा दुर्घटना भएको वताउंदै आएका छन् । तर कुन टिफरले ठक्कर दिएको भन्ने बारेमा पहिचान खुल्न सकेको छैन । स्थानिय युवाहरुले भने—यदि टिफरले ठक्कर दिएर भागेको हो भने टिफरको ज्याजतिको विरुद्ध उत्रदै टिफर फेलानपरे सम्म अरनिको राजमार्ग बन्द गर्ने भन्ने भनाई रहेको छ । यसै बिषयमा पाँचखाल प्रहरी चौकीका प्रमुख रुपाल अधिकारीसंग सम्पर्क गर्दा दुर्घटनाको प्रकृति हेर्दा बलेरो आफै अनियन्त्रित भई दुर्घटना भएको आशंका व्यक्त गर्नु भएको छ ।

    चौकी प्रमुख अधिकारीले भन्नुभयो—दुर्घटना स्थलमा बालुवा, गिटी, ढुंगा छरिएको नभेटिएको साथै सडकमा एक्कासी दाग नभएको साथै दुर्घना भएको बलेरोको अवस्था हेर्दा आफै अनियन्त्रित भई दुर्घटना भएको जस्तो देखिएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार