२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

“तपाईको रिपोर्ट राम्रो आयो, बधाई छ अव सुरक्षीत हुनुहोला है”, “ल लिनोस यो पोको,आफुपनि बाच्नुहोस्-अरुलाई पनि बचाउनुहोस्”


२८४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ११, आईतबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    विश्वमा महांमारिको रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रणको लागि काभ्रे पाँचखालका युवाहरुको ठुलो योगदान रह्यो । तिनै युवाहरुको योगदानको कारण अन्तत पाँचखाल महाँमारिवाट सुरक्षीत नै रहेको छ, हालको अवस्था सम्म । पाँचखालमा रहेको ७ वटा इट्टा भट्टा, अन्य विभिन्न व्यसाय साथै विकास निर्माण, पुनरनिर्माण लगाएतको कार्यमा रोजगारीको लागि छिमेकी मुलुक भारत लगाएत तराईका बिभिन्न जिल्लाबाट पाँचखालमा आउने गरेका छन् । जुन ठाउँबाट पाँचखालमा रोजगारीको लागि मजदुरहरु आउंछन्, सो ठाउमा कोरोनाको संक्रमण बढी रहेको छ । सोहि बिषयलाई मध्यनजर राख्दै पाँचखाल उद्योग बाणिज्य संघ, नगरमा रहेका युवा क्लवहरु, समाजसेविहरु समेतको भुमिका ठुलो रह्यो ।

    उद्योग वाणिज्य संघले नगरमा रहेका सवै व्यवसायीहरुलाई चेतनामुलक संदेश प्रदानको क्रममा कोरोना संक्रमण हुनबाट जोगिनको लागि माक्स, पञ्जा, सेनिटाईजन लगाएतको सामाग्री घरघरमै प्¥याउने कार्य गरेको थियो । “ल लिनोस यो पोको,आफुपनि बाच्नुहोेस् र अरुलाई पनि बचाउनुहोेस् ।”यो भनाई उद्योग वाणिज्य संघ पाँचखालका अध्यक्ष राजन कार्कीको नेतृत्वमा आएका युवाहरुले नगरमा रहेका व्यवसायीहरुको ढोका ढोकामा पुगेर भनेको शव्द हो । जुन शब्दले पनि पाँचखाललाई कोरानाबाट सुरक्षीत राख्न ठुलो भुमिका खेल्यो ।

    त्यसैगरी समाजसेवि धरसमान तमाङले कोरोना रोगबाट आफुपनि बाँचौ अरुलाई पनि बचाऔं भन्ने जिङ्ंगल बजाउदै नगर परिक्रमा गरिरहनुले पनि नगरवासिहरुमा राम्रै चेतना मिल्यो । त्यसैगरी समाज सेवि एवं व्यवसायी राजकुमार श्रेष्ठले स्वाथ्य कर्मीहरुको सुरक्षाको लागि व्यक्तिगत ढंगबाट उपलब्ध गराएको पिपिइ सेटले स्वास्थ्य कर्मीहरुको मनोवल बढाउन मद्धत पुगेको थियो । त्यसैगरी राजकुमार ले भट्टामा रहेका मजदुरहरुको सहज ढंगबाट व्यवस्थापन गर्दै उनिहरुको घर जानको लागि वातावरण मिलाउनाले गर्दा पनि पाँचखाल कोरोनाबाट सुरक्षीत रहन टेवा मिलेको हो ।
    पाँचखाल नगरका मेयर महेस खरेल लगायतका जनप्रतीनिधिहरुले कोरोना रोगबाट जोगिनको लागि नगरवासिको घरघरमा, खेतखेतमा पुगेर जनचेतना फैलाउने कार्यले पनि पाँचखाल जोखिम मुक्त रहन टेवा मिलेको हो ।

    जनप्रतीनिधिहरुले उच्च जोखिम मोल्दै चेतना मुलक अभियानमा निरन्तर लाग्नुले पाँचखाल वासिको मनोवल उच्च रहन सफल भएको हो । नगरका कर्मचारीहरुको योगदान पनि अन्यत्रको तुलनामा पाँचखालको भिन्न रह्यो । कर्मचारीहरुले आफ्नो जोखिम मोल्दै नगरवासिहरुको हितको खातिर गरेको कार्य अविस्मरणिय रहेको छ । कर्मचारीहरुको योगदानले गर्दा पनि पाँचखालमा कोरोना रोगको आक्रमणबाट जनागित मद्धत पुग्यो ।

    पछिल्लो समयमा स्थानिय तहहरुमा थोरैको संख्यामा भएपनि आरडिटि परिक्षण भयो । जसले गर्दा सकारात्मक संकेत साथै जिल्लावासिहरुको मनोवल उच्च रह्यो । हुनत कतिपय स्थानिय तहमा आरडिटि परिक्षणबाट केहीलाई पोजेटिभ देखियो । त्यसरी पोजेटिभ देखिदा जिल्लामा निकै हल्लि खल्ली मच्चीयो । जिल्लामा बसोवास गर्नेहरु मात्रै नभई विदेशबाट समेत कर्ण फुसफुस यन्त्रको माध्यहरुलाई निकै सकृय गराइयो । अन्तत पिसिआर परिक्षणबाट सवैको नेगेटिभ परिणाम आउंदा सवै सुरक्षीत महसुस गर्दै डाक्टरले भनेको त्यो शब्द—“तपाईको रिपोर्ट राम्रो आयो, बधाईछ अव सुरक्षीत हुनुहोला है ।” एक आपसमा बाड्दै खुसिका साथ सुरक्षीत हुनको लागि संदेश फैलाउने काम भयो ।

    माथि उल्लेखित डाक्टरको भनाई काभ्रेको पाँचखालमा दोस्रो दिन भएको आरडिटि परिक्षण गरी परिणाम दिने क्रममा बताईएको थियो । पहिलो दिन परिक्षण गर्दा दुई स्वास्थ्य कर्मीमा पोजेटिभ देखिएकोले स्थानियहरु निकै चिन्तित थिए । पाँचखाल नगरका स्वस्थ्य प्रमुख उज्ज्वअ अधिकारीको ओठमुखै सुकेको अवस्था थियो । नवसंकेत अनलाईनको भेटमा उहाँले भन्नुभयो “म जागिरको लोभमा पाँचखालमा काम गरेको हैन, म यहिको स्थानिय हुं, स्थानिएको नाताले पाँचखाल वासिहरुलाई साथै रोजगारीको लागि पाँचखाल आउनु भएका सवै कर्मचारीलाई यो महाँमारीमा जोगाउनु मेरो कर्तव्य हो, सोही उद्देश्यले निरन्तर स्थानिय युवाहरु जनप्रतीनिधिहरु साथै स्थानियहरुको साथ र सहयोगमा अगाडी बढे, तरपनि पहिलो दिन आरडिटि परिक्षणमा दुईजनामा पोजेटिभ देखियो, भलै पिसिआर बाट नेगेटिभ त आयो तर पनि त्यति धैरै मेहनत गरेअनुसार आरडिटिमा पनि दुइजनको पोजेटिभ नआउनु पर्ने तर्क थियो अधिकारीको ।

    काभ्रेली युवाहरुको ठुलो भुमिका रह्यो । जिल्लाका दुर्गम बस्ती देखि सुगम स्थानका युवाहरुले कोरोनाबाट के—कसरी जोगिने भन्ने बिषयमा जन—चेतना मुलक अभियान चलाउंदा रोगले आक्रमण गर्न सकेको छैन । युवाहरुले उच्च जोखिम मोलेरै भएपनि सामाजिक हितको लागि निरन्तरता दिदा जिल्लामा रोग फैलन पाएको छैन । सरकारले समयमै लकडाउन गर्दा नेपालमा त्यति धेरै भयावह अवस्था आउन पाएन । चैत्र ११ गतेबाट सुरु गरेको लकडाउन (बन्दाबन्दी) जेठ २० गते सम्मको लागि निरन्तरता दिने सरकारले निर्णय गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार