२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

पाँचखाल कोरोना मुक्त भएको पुष्टि,सार्थक भयो नगरवासिको मेहनत


२७९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    जेठ १२ काक्त भएको पुष्टिभ्रे । काभ्रेको पाँचखाल नगरपालिकामा संभाव्यत अध्ययन गरी तीन दिन सम्म गरेको आरडिटि र पिसिआर परिक्षणको नतिजा बाट कोरोना मुक्त नगरको रुपमा प्रमाणित भएको छ ।

    तीन दिनसम्म गरेको आरडिटि परिक्षणबाट पहिलो दिन २ जना स्वास्थ्यकर्मीहरुलाई पोजेटिभ देखिएकोमा पिसिआर परिक्षणबाट नेगेटिभ देखियो । जसले गर्दा उनिहरुमा कोरोना संक्रमित नभएको ६ दिन अगाडिनै पुष्टि भएको थियो ।
    त्यसैगरी तेस्रो दिन विहिबार गरेको आरडिटि परिक्षणमा २ जना स्वास्थ्यकर्मीलाई नै पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका सो २ जनाको पिसिआर परिक्षण बाट आज (मंगलवार) नेगेटिभ देखिएको छ, जसका कारण पाँचखाल नगरपालिका कोरोना मुक्त भएको छ ।

    तीन दिन सम्म गरी १३१ जनाको आरडिटि परिक्षण गरेको पाँचखाल नगरका स्वास्थ्य संयोजक उज्ज्वल अधिकारीले बताउनु भयो । उहाँले थप्नुभयो आरडिटि परिक्षण गर्ने क्रममा जो व्यक्ति धेरैसंग संम्सर्गमा आउनु पर्ने हुन्छ त्यस्ता बर्गलाई लक्षीत गरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संञ्चारकर्मी, एम्बुलेन्स चालक, फलफुल पसल, खाद्यान्न तथा एग्रोभेट पसलका होलसेलरहरु, नगरका कर्मचारी, जनप्रतीनिधिहरु लगाएतको आरडिटि परिक्षण गरेको बताउनु भयो ।
    आरडिटि परिक्षणबाट पोजेटिभ देखिएकाहरुलाई नगरले व्यवस्था गरेको क्वारेन्टाइन कक्षमा सुरक्षीत तरिकाले राखेको थियो । पिसआर परिक्षणबाट नेगेटिभ देखिएपछि होम क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाएको छ । आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिंदा नगरवासिहरु स—संकित भएपनि पिसिआरको रिपोर्ट नेगेटिभ आउंदा पाँचखाल नगरवासिहरुले शुरक्षीत महसुस गरेका छन् ।

    नगरमा रहेको कलकारखाना, इट्टा भट्टा, विकास निर्माण लगाएतकको कार्यमा रोजगारीको लागि तराइका विभिन्न स्थान साथै भारतबाट समेत मजदुरहरु आउने भएको हुंदा नगरवासिहरु स—संकित भईरहेको अवस्थामा आरडिटि रिपोर्टमा पोजेटिभ देखिएपछि त्रसित हुनु स्वभाविकै हो । एक हप्तासम्म निकै चिन्तित अवस्थामा रहेका नगरवासिहरुको चिन्ता आजको पिसिआर रिपोर्टले दुर गरिदिएको छ ।

    भारत लगाएत मुलुकका बिभिन्न स्थानबाट मजदुरीको लागि आउनेहरुका कारण पाँचखाल नगरमा रोगको संक्रमण फैलिन नदिनको लागि नगर प्रमुख महेश खरेलको नेतृत्वमा नगरका अन्य जनप्रतीनिहरु समेतले जोखिम मोल्दै बस्ति—बस्ति, कृषकहरुको खेतबारीमा समेत पुगेर कोरोना रोगबाट के—कसरी जोगिने भन्ने बिषयमा चेतना प्रदान गर्ने कार्यले समेत पाँचखाल कोरोना रोग मुक्त हुन सफल भएको स्थानियहरुको भनाई रहेको छ । त्यसैगरी नगरमा रहेका स्वास्थ्यकर्मीहरुले कोरोना रोगबाट के कसरी जोगिने भन्ने बिषयमा व्यापक मात्रामा प्रचार प्रसार गर्दा पनि नगरवासिहरु सचेत भएका हुन् ।

    हाल सम्म कोरोना रोगको संक्रमण बाट जोगिन सफल भएको पाँचखालमा विगतको भन्दा अझ बढी सुरक्षीत हुनुपर्ने अवस्था आएको छ । पछिल्लो समयमा लकडाउनमा केही खुकुलो पार्दै निर्माण सामाग्री ढुवानी गर्ने कार्य भएको छ । मालबाहक तथा निर्माण सामाग्री साथै अत्यावस्यक अन्य सामान ढुवानी गर्ने सवारी साधनहरुले यात्रुहरुलाई लुकिछिपि ओसार पसार गर्दा त्यस्ता टाढाबाट आएका यात्रुहरुबाट रोग सर्ने संम्भावना हुंदा सतर्क हुन जरुरी देखिन्छ । कतिपय अत्यावश्यक सामाग्री वेचविखन गर्ने पसलेहरुले अपनाउनु पर्ने सुरक्षा साथै दुरि कायम नगर्ने गर्दा त्यस्ता व्यसायीहरु आफुपनि असुरक्षीत हुने र अरुपनि अशुरक्षीत हुने हुंदा त्यस्ता बिषयमा ध्यान दिन जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार