२०८१ फागुन ३, शनिबार | Sat, 15, Feb, 2025

पाँचखालमा संञ्चालन हुने बृहत खानेपानीको काम सुरुहुदै


४३०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १४, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली
    काभ्रे/पाँचखाल नगरवासिको धड्कनको रुपमा रहेको सुनकोशि पाँचखाल खानेपानी आयोजनाको काम सुरु हुने भएको छ ।
    सुनकोशि पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार सम्पुर्ण कानुनी प्रकृया सकेर आउने भदौ महिनाबाट निमार्ण कार्य सुरु हुने तयारी भएको बताउनु भयो ।

    अध्यक्ष लामिछानेका अनुसार बृहत खानेपानी आयोजनाले खोलिएको टेण्डरमा ९ वटा फर्मले टेण्डर हालेकोमा छनोटको क्रममा एउटा फर्म प्रक्रिया नपुगेकोले रद्ध भई ८ वटाले टेण्डर हालेको बताउनु भयो । एडिबिले हालसम्म सञ्चालन गरेको योजना मध्यकै सवैभन्दा सवैभन्दा कम विलोमा पाँचखाल बृहत खानेपानी आयोजनामा टेण्डर हालेको जानकारी प्राप्त भएको बताउनु भयो ।

    अध्यक्ष लामिछानेका अनुसार योजनाको लागि आर्थिक प्रस्ताव खुलि सकेको छ, एक हप्ता यशियाली विकास बैंकको केन्द्रिय कार्यालयले छिनोफाने गरी जेठ मसान्त सम्ममा ठेक्का पाउनेको फर्म सार्वजनिक गर्ने बताउनु भयो । त्यसैगरी अन्य कानुनि प्रकृयाहरु पुर्ण गरी भदौबाट काम सुरु बताउनु भयो ।

    विस्तृत अध्ययन प्रतिवेदनको आधारमा २ अर्व २१ करोडको लागतमा सुरुहुन लागेको उक्त खानेपानी योजनाको लागि उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने ५ प्रतिशत रकम जम्मा गरीसकेको छ । उपभोक्ता समितिले गरेको पहिलो सर्वेको आधारमा ५ हजार ९ सय उपभोक्ता रहेका छन् । आर्थिक अवस्था कमजोर रहेकालाई सहज रहोस भन्दै पाँचखाल नगरमा संञ्चालन रहेको सहकारीहरुलाई १० प्रतिशत व्याजमा लगानी समेत गरेको छ ।

    नेपाल सरकार खानेपानी विभागको सहलगानि तथा एसियाली विकास वैंकको ऋण लगानिमा देशैै भरमा १९ वटा योजना रहेको छ । उपभोक्ता समिति साथै पाँचखालका जनप्रतीनिधिहरुको ठुलो प्रयासमा संञ्चालन हुन लागेको वृहत खानेपानी योजना असफल भएमा केही बर्ष पछि पाँचखालका जनताहरु काकाकुलको अवस्थामा पुग्नु पर्ने सुनिष्चित रहेको छ । स्थानियमुलहरु सुकेर विकल्पको रुपमा इनारको माध्यमबाट पानीको व्यवस्था गर्दै आएको अवस्थामा केही बर्ष अगाडीबाट सो स्रोत समेत भरपर्दो नहुंदा पुन विकल्पको खोजिको क्रममा डिप वोरिङ्गको माध्यम अपनाएपनि सो समेत भरपर्दो अवस्थामा नरहेकोले दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था हुन नसके पाँचखालमा पानीको लागि ठुलो समस्या आउने दिन नजिकदो छ ।

    कुल लागत स्टमेट २ अर्व २१ करोडको ७० प्रतिशत एशियाली विकास वैंकले पाँचखाल नगरको जमानिमा ऋण लगानि गर्ने, २५ प्रतिशत नगरबिकासको तर्फबाट ऋण उपलब्ध गराउने भएको छ । उक्त योजना मार्फत प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट मार्फत पानी तानेर बितरण हुने भएको छ । दोलालघाट नजिक ज्यामिरेबाट लिफ्ट गरी पिउने पानी पाँचखाल आउने तयारी भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु