२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा रासायनिक मलको सहजताले कृषकलाई राहत मिल्यो, लकडाउनको अबधिमा ४६ हजार ६ सय २३ बोरा मल बिक्रि


३५९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १४, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । कोरोना भाईरसको संक्रमण बाट जोगिनको लागि सरकारले लकडाउन गर्दा कृषकहरुले उत्पादन गरेको ताजा तरकारीहरु खेतबारिमै कुहिने अवस्था आएपनि काभ्रेमा रहेको कृषि सामाग्री कम्पनि लिमिटेडको कार्यालय र साल्ट ट्रेडिङ्ग कर्पोरिशन लिमिटेडको कार्यालय मार्फत सहज ढंगबाट रासायनिक मल उपलब्ध गराउंदा कृषकहरुलाई राहत मिलेको छ ।

    कृषि उत्पादनमा कमिहुन नदिनको लागी उल्लेखित दुई कार्यालयले रासायनिक मल बिक्रिमा गरेको योगदान कृषकहरुलागी अविस्मरणिय सावित भएको छ । नेपालमा कुल बिक्रि हुने रासायनिक मलको ७० प्रतिशत बिक्रिगर्ने जिम्मेवारी पाएको कृषि सामाग्री कंपनिको कार्यालय र ३० प्रतिशत बिक्रिको जिम्मेवारी पाएको शाल्ट टेडिङ्ग कर्पोरिशन लिमिटेडको कार्यालय समेतका कर्मचारिहरुले कोरोना भाईरसको जोखिम मोलेरै भएपनि कृषकको हितको खातिर कार्य गर्दा कृषकहरुको खेति नबिग्रने भएको छ ।

    कृषि सामाग्री कंपनिको कार्यालय धुलिखेलले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा रहेका ३१५ सहकारीहरुले डिलर लिई कृषकहरुलाई रासायनिक मल उपलब्ध गराउंदै आएको कार्यालय प्रमुख अशोक खड्काले नवसंकेत अनलाइन लाई जानकारी गराउनु भयो । उहाँले भन्नुभयो कृषकहरुको खेति नविग्रीयोस भन्ने उद्देस्यले लकडाउनको समयमा समेत विरगंजबाट रासायनिक मल मगाएर डिलरहरु मार्फत कृषकहरुलाई सहज ढंगबाट उपलब्ध गराएको बताउनु भयो । चैत्र ११ गतेबाट नेपालमा लकडाउन भयो लकडाउनको अवधिमा पनि रासायनिक मल उपलब्ध गराएको बताउनु भयो । चैत्र ११ गतेदेखि आज जेठ १४ गते सम्म युरिया १९ हजार २ सय २० बोरा, डिएपि १० हजार ४ सय ६० बोरा र पोटास ३ सय बोरा बिक्रि गरेको बताउनु भयो ।

    त्यसैगरि साल्ट ट्रेडिङ्ग कर्पोरिसन लिमिटेडको कार्यालय बनेपा मार्फत काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुंगामा समेत गरी १५० सहकारीले डिलर लिएर कृषकहरुलाई रासायनिक मल उपलब्ध गराउंदै आएको कार्यालय प्रमुख शुरेन्द्र अवालेले बताउनु भयो । कार्यालय प्रमुख अवालेका अनुसार चैत्र ११ गते देखि जेठ १४ गते सम्म युरिया ११ हजार ६ सय २८ बोरा, डिएपि ५ हजार १५ बोरा बिक्रि गरेको बताउनु भयो । उहाँले थप्नुभयो कृषकलाई सहज ढंगबाट रासायनिक मलको आपुर्ती गर्नको लागी हामी निरन्तर रुपमा लागेका छौं । लकडाउनको कारण बैक बन्द हुने, आवत जावतमा समस्या हुने जस्ता समस्याको विचमा पनि मल उपलब्ध गराएको बताउनु भयो । हाम्रो केन्द्रिय कार्यालयले मलको कारणले कृषकहरुलाई कुनै समस्या नपरोस भनि सहज ढंगबाट आपुर्तीको व्यवस्था गर्दै आएको बताउनु भयो ।
    काभ्रे जिल्लामा रहेका कृषि सामाग्री कम्पनिको कार्यालय र साल्ट टेडिङ्ग कर्पोरिशन लिमिटेडको कार्यालय समेतले गरी लकडाउनको समयमा युरिया ३० हजार ८ सय ४८ बोरा, डिएपि १५ हजार ४ सय ७५ बोरा र पोटास ३ सय बोरा समेत गरी जम्मा ४६ हजार ६ सय २३ बोरा रासायनिक मल बिक्रि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार