२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

नआत्तिनोस कोरोना संक्रमन हुन दिदैनौ- खरेल, आत्तिहाल्नु पर्ने अवस्था छैन,हामीले शुरक्षीत अपनाएका छौं- डिवि


२६०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    जेठ २३,काभ्रे। बिश्वमा महाँमारीको रुपमा फैलिएको कोरोना रोग देखा परेको ६ महिना पछी काभ्रेमा पहिलोपटक आज (शुक्रबार) ५ जनामा कोरोना रोग पुष्टि भयो । हिजो सम्म शुरक्षीत र ढुक्कका साथमा रहेका काभ्रेली आजको परिणामले गर्दा चिन्तित भएका छन् ।

    पुरातात्वीक एवं ऐतिहासिक नगरको रुपमा परिचित पनौती नगरमा १ जना, कृषि नगरीको रुपमा रहेको पाँचखाल नगरमा १ जना र काभ्रे जिल्लामा रहेको पालीका मध्यकै छुट्टै पहिचान रहेको रोशी गाउंपालीकामा ३ गरी ५ जनामा कोरोना पुष्टि भएको हो ।

    रोशी गाउंपालिकामा कोरोना संक्रमित भएका तीनैजना केही समय अगाडी भारतबाट आएका र उनीहरुलाई शुरक्षीत तरिकाबाट गाडीमा ल्याएर क्वारिन्टाईनमा राखेकोले आत्तिनु नपर्ने पालीकाका अध्यक्ष डिवि लामाले बताउनु भएको छ ।

    त्यसैगरी पाँचखालमा कोरोना पुष्टि भएका ३६ बर्षिय युवा पनि केहीदिन अगाडी भारतबाट आएर क्वारिन्टाईनमा बसेका थिए । यसै बिषयलाई लिएर पाँचखाल नगरका मेयर महेश खरेलले सामाजिक संञ्जाल मार्फत नगरवासिहरुमा धैर्य गर्नु अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ—“नआत्तिनोस हामी नगरमा रोग फैलन दिदैनौ ।” नगरवासिहरुलाइ लकडाउनको पुर्ण पालना गरी सेल्फ क्वारेटिनमा रहन अनुरोध गर्नुभएको छ ।

    पाँचखाल स्वास्थ्य शाखा संयोजक उज्ज्वल अधिकारीले भन्नुभयो—केहीदिन अगाडी भारतबाट आएका एक जनालाई कोरोना संक्रमित भएको छ, सो एकजनाको कारणले अरुलाई संक्रमण हुन दिदैनौ । रोग संक्रमन हुन नदिनको लागि अपनाउनु पर्ने सवै बिधिहरुलाई अगाडी बढाएकोले आत्तिन नपर्ने तर लकडाउनको पुर्ण पालना गर्नुपर्ने संयोजक अधिकारीले बताउनु भयो ।

    पनौती नगरमा कोरोना रोग पुष्टि भएका १ जना वाहीरबाट नआएको स्थानियनै भएको जानकारी प्राप्त भएको छ । त्यसैले उनको संसर्गमा को को आएका थिए भन्ने बिषयमा जानकारी लिंदै संम्पर्कमा आएकाहरुको परिक्षण गर्ने यतारी गरेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार