२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

थुनुवाले आत्महत्या गरेपछि प्रहरी कार्यालयमा ढुंगामुडा


२६३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • २८ जेठ, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवाले आत्महत्या गरेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

    सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदाले थुनुवा कक्षभित्रै पासो लगाएर आत्महत्या गरेका छन् । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट प्रहरी कार्यालयका सिसाहरु फुटेका छन् ।

    अहिले सबैलाको अवस्था तनावग्रस्त बनेको छ । जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार