आइ.आर.के.मैनाली
काभ्रे । रोजगारीको लागि भारत गएका पाँचखालका युवा स्वदेस (जन्मस्थान) आउदा भारतबाट नेपाल आउनेहरुलाई क्वारेन्टाईनमा राख्ने सरकारको निर्णय अनुसार पाँचखालमा क्वारेन्टाइनमा राखिएको थियो । सोही अवधिमा ति युवाको कोरोना परिक्षण (पिसिआर) गरिएको थियो ।
क्वारेन्टाईनमा बसेको ११ औं दिनको दिन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झा ले टेलिफोनको माध्यमबाट नेगेटिभ रिपोर्ट आएको जानकारी गराउनाको साथै घरपठाउन निर्देशन दिए अनुसार पाँचखाल स्वास्थ्य शाखाले घरपठाएको थियो । घरमा पठाएको भोलिपल्टै पुन जिल्ला स्वास्थ्य कार्यालयबाट रिपोर्ट पोजेटिभ आएको जानकारी गराउंदा पाँचखाल नगरवासि त्रासमा रुमल्लिएका थिए ।
भारतबाट आएका ति पाँखाल नगरपालिका वडा नं ३ का युवालाई कोरोना लागेको पुष्टि भएपछि घरपरिवारका २ छोरा र श्रीमती समेत तीन जनालाई क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाइनमा राखेको पाँचौदिनमा कोरोना परिक्षण गरिएको थियो । आज (बुधबार) छैटौं दिनमा आएको रिपोर्टका आधारमा कोरोना संक्रमितको घरपरिवारलाई कोरोना रोगको संक्रमण नभएको पुष्टि भएको पाँचखाल नगर स्वास्थ्य शाखा संयोजक उज्ज्वल अधिकारीले जानकारी गराउनु भयो । संयोजक अधिकारीले थप्नुभयो भारतबाट आएका पाँचखाल १२ का अर्का एकजनालाई पनि क्वारेन्टाइनमा राखिएको थियो, उनको पनि परिक्षणबाट नेगेटिभ रिपोर्ट आएको बताउनु भयो ।
भारतबाट आएर क्वारेन्टाईनमा ११ दिन सम्म बसि घरमा गएको भोलिपल्ट कोरोना लागेको पुष्टि हुँदा घरपरिवार, छरछिमेकी साथै नगरवासिहरु कोरोनाको उज्ज जोखिम भएको महसुस गर्दै त्रसित भएका थिए । कतिले त “पाँचखालमा कोरोना रोग भुषको आगो सल्के सरी फैलने ” भो भन्दै चिन्ता व्यक्त गरे । कतिपयलेत पाँचखाल स्वास्थ्य शाखाको कमजोरीले गर्दा पाँचखालमा कोरोना फैलने भयो भन्न पनि पछि परेनन् । अन्तत ति भारतबाट आएका युवालाई लागेको कोरोना अन्यत्र फैलन नपाएको पुष्टि भएपछि नगरवासिहरु आजबाट पाँचखालमा भएको पहिलो संक्रमितबाट अन्यत्र संक्रमन नहुंदा ढुक्क हुदै आगामी दिनमा थप सचेत रहंदै लकडाउन पालना गर्ने पक्षमा सचेत भएका छन् पाँचखाल नगरवासि ।
पाँचखालमा पहिलो पटक एक जनामा कोरोना रोग लागेको पुष्टि भएपछि कोरोना रोग लागेको परिवारलाई व्यवस्थित ढंगबाट क्वारेन्टाईनमा राखि उनको घरमा भएको दैनिक १२ लिटर दुध दिने गाईलाई समेत पाँचखाल नगरले रेखदेखको व्यवस्था गरेको थियो । गाईको संरक्षण गर्ने व्यक्तिको व्यवस्ता समेत गरी गाईको लागि आवश्यक ढुटो दानाको व्यवस्था समेत नगरको तर्फबाट गरिएको साथै दैनिक १२ लीटर दुधको प्रचलित डेरीको मुल्य अनुसार भुक्तानि समेत दिएको पाँचखाल नगरका प्रमुख प्रसाशकिय अधिकृत लोक वहादुर भण्डारीले जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस