२०८१ फागुन ५, सोमबार | Mon, 17, Feb, 2025

संविधान संशोधन गरेर भारतसंग दुरी बडाउन चाहंदैनौ- प्रचण्ड


३०५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • ३१ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताएका छन् । आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको उनले बताए ।

    लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै प्रचण्डले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउन लागिएको बताए । तर यो व्यक्ति विशेषको मुद्धा नभई सामूहिक विषय भएको बताए ।

    पछिल्लो समय हरेक सरकारले सीमा विवादलाई वार्तामार्फत समाधान गर्न चाहेको बताए । तर नयाँ नक्सा ल्याएर तथा लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको उनले बताए । ‘हामीलाई इतिहासको जिम्मेवारी पुरा गर्न घचघच्याउनु भएकोमा भारत सरकार र मन्त्रीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

    अब भारतसँग सधैंका निम्ति समाधान हुने गरि वार्ता गर्नुपर्ने धारणा समेत राखेका छन् ।संविधान संशोधन विधेयकमाथि दफावार छलफलमा भाग लिदै अध्यक्ष प्रचण्डले त्रुटीपूर्ण नक्सा र निशान छाप परिवर्तन गर्ने ऐतिहासिक भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्री केपी ओली र सरकारलाई धन्यवाद समेत दिएका छन् ।

    संविधान संशोधन गर्नुको अर्थ भारतसँग दुरी बढाउनु नभएको प्रचण्डले बताए । राजनीतिक र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान गर्न चाहेको भन्दै प्रचण्डले भने, ‘हामीले दुश्मनी चाहेका होइनौं, कूटतीतिक र राजनीतिक सम्वादमातर्फ यो समस्या सदाका लागि समाधान गर्न चाहेका छौं ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु