२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका एम्बुलेन्स चालकहरु सम्मानित, सम्पुर्ण श्रमिकहरुको संरक्षण गर्नु मेरो कर्तव्य हो- हुमागाई


४५५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १, सोमबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । विश्वमा महाँमारिको रुपमा फैलिएको कोरोना रोग नियन्त्रणको लागि जोखिम मल्दै अग्रपंतिमा रहेर कार्य गर्दै गरेका एम्बुलेन्सका चालकहरुको मनोवल उच्च राख्ने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरीएको छ ।

    नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं नेपाली काँग्रेस निकट श्रम विभागका केन्द्रीय प्रमुख शिवप्रसाद हुमागाइको पहलमा काभ्रे जिल्लामा रहेका ३५ जना एम्बुलेन्स चालकहरुलाई सम्मान गरेको हो । चालकहरुलाई सम्मानको साथमा सुरक्षीतको लागि पिपिइ सेट समेत उपलब्ध गराएको थियो ।

    एम्बुलेन्स चालकहरुको सम्मान तथा पिपिई वितरण गर्दै श्रम बिभाग प्रमुख हुमागाईले एम्बुलेन्सका चालकहरु निरास भए महाँमारी बढ्ने बताउनु भयो । उहाँले थप्नुभयो महाँमारी नियन्त्रणको लागि प्रमुख सारथीको रुपमा रहेका चालकहरु उत्साहीत हुनुपर्ने बताउनु भयो । उहाँले आफ्नो मोबाईल नम्बर उपलब्ध गराउंदै भन्नुभयो “तपाईहरु सारथिको रुपमा रहेर कोरोना रोग नियन्त्रणको लागि लड्दै गर्दा केही समस्या परेमा आफुले सहयोग गर्न तत्पर छु, सिंगो समाजले तपाईहरुलाई साथ दिन्छ, ।”

    कार्यक्रममा हुमागाईले भन्नुभयो —म श्रम बिभाग प्रमुखको नाताले सम्पुर्ण श्रमिकहरुको संरक्षण गर्नु मेरो कर्तव्य हो, यसमा राजनीतिक फाईदा वा बेफाईदाको लागि कुनैस्वार्थ छैन, छ त केवल कोरोना रोसंग लड्नको लागि अभियान चलाएको वताउनु भयो । एम्बुलेन्स चालकहरुले रोग लागेका संक्रमित बोक्दापनि निर्धक्क ढुक्कका साथमा उच्च मनोवल राख्दै अगाडी बढ्नको लागि सहज रहोस भनि गुणस्तरीए पिपि सेट उपलब्ध गराएको बताउनु भयो । श्रम विभाग प्रमुख हुमागाईको पहलमा काभ्रेमा रहेका स्वास्थ्य स्वयं सेविकालाई पिपिई र पत्रकारहरूलाई ज्याकेट र केएन ९५ माक्स वितरण गरिएको थियो ।

    श्रम बिभाग काभ्रेका सचिब नारायण सापकोटा द्वारा सञ्चालित उक्त कार्यक्रममा पुर्व साँसद तिर्थवहादुर लामा, नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामा, क्षेत्रिय सभापति रमेश प्रसाद हुमागाई, पत्रकार महासंघका काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायत पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो भने नेपाली काँग्रेसका जिल्ला सदस्यहरू समीर व्यञ्जु, रविन्द्र सिग्देल, अर्जुन सापकोटा, शिक्षक सघका सचिब शम्भु घिमिरे, नेपाली काँग्रेस वनेपा नगर सभापति राम जोशि लगाएत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार