२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

गाउंपालिका अध्यक्षको निधन


२८२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २, मंगलबार मा प्रकाशित ४ साल अघि
  • २ असार, काठमाडौं । साेलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।

    क्यान्सर रोगका कारण मंगलबार बिहान ३९ वर्षको उमेरमा उनको निधन भएको हो । आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधाराेन्मुख नभएपछि चिकित्सककाे सल्लाहमा गाउँ नै फर्काइएको थियो ।

    उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार