२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका पाँचै जनाले कोरोनालाई जित्दै घर फर्किए


२६२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे/काभ्रे जिल्लाको दुई नगरपालिका र एक गाउंपालिकामा गरी कोरोना रोग पुष्टि भएका पाँचै जनाको उपचार पछि आज घरफर्किएका छन् ।

    काभ्रे जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार भक्तपुरमा रहेको मेडिकल कलेज दुवाकोटमा उपचार हुंदै गरेका दुई महिला र तीन पुरुष गरी पाँचै जनामा पिसिआर रिपोर्ट नेगेटिभ आएको बताउनु भयो । उहाँले थप्नुभयो कोरोनालाई जितेर आएकाहरुलाई सेल्फ क्वारेन्टाईनमा ७ दिन राख्ने र ५ जनालाई उपचार पश्चात घरमा पठाएपछि काभ्रे जिल्ला कोरोनाको विरामी नभएको जिल्लाको रुपमा परिचित भएको छ ।

    पसिआर पोजेटिभ देखिएर आईसोलेसनमा राखी उपचार हुनेहरुमा पनौती नगरपालिका वडा नं ८ मल्पिकि ३९ बर्षिय महिला, पाँचखाल नगरपालिका वडा नं ३ का ३६ बर्षिय पुरुष, रोशी गाउंपालिकाका २० बर्षिय महिला, २२ बर्षिय पुरुष र २९ बर्षिय पुरुष रहेका थिए । उनिहरु सवैको आईसोलेसनमा राखी उपचार गरे पश्चात पिसिआर रिपोर्ट नेगेटिभ आएकोले घरमा पठाईएको जानकारी प्राप्त भएको छ ।

    काभे्रमा कोरोना रोग संक्रमित मध्य रोशी गाउंपालिकाका ३ र पाँचखाल नगरपालिकाका १ गरी ४ जना भारतमा रोजगारीको लागि गएका थिए । उनिहरु स्वदेश फर्किएपछि शुरक्षीत ढंगबाट क्वारेन्टाईनमा राखिएको थियो । पनौती नगरको एक जना भने घरमै वसिरहेको अवस्थामा कोरोना रोग लागेको पाईएको थियो ।

    आज (शुक्रबार) काभ्रेका पाँचै जनाको रिपोट नेगेटिभ आएपछि घर फर्काइएको छ । पनौति र पाँचखालको आ—आफ्नो नगरमा पुगी सकेका छन् भने राशी गाउंपालिकाको ३ जन भने जाँदै छन् उनिहरु आजै पुग्नेछन् । पाँचखाल नगरपालिका स्वास्थ्य शाखाका प्रमुख उज्ज्वल अधिकारीले भन्नुभयो—कोरोनालाई जितेर फर्किएका युवालाई आजै घरमा नपठाउने बताउनु भएको छ । आज क्वारेन्टाईनमा राख्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार