२०८१ आश्विन २०, आईतबार | Sun, 06, Oct, 2024

पाँचखाल नगरको सातौ नगरसभा सम्पन्न, कृषि तथा पशुपंक्षि लाई उच्च प्राथमिकता


२७७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    पाँचखाल । कृषि नगरीको रुपमा अगाडी बडेको पाँचखाल नगरमा आज (बुधबार) सम्पन्न सातौ नगरसभाबाट कृषि तथा पशुपंक्षिलाई उच्च प्राथमिकता दिदै नगरले नीति तथा कार्यक्रम तयार गरेको छ ।
    पाँचखाल नगर कृषि तथा पशुपंक्षीको लागि अत्यन्त उपयुक्त स्थान भएकोले कृषकको हितको खातिर नयाँ ढंगको नीति तथा कार्यक्रम ल्याईएको छ । पाँचखाल नगरको मुहारमा चम्कििलो पार्नको लागि जनप्रतीनिधहरुसंग लामो छलफल पश्चात नयाँ ढंगको नीति ल्याईएको जानकारी प्राप्त भएको छ ।

    मेयर महेश खरेलको भनाई यस्तो छ

    नगरसभामा नगरपालिकाका मेयर महेश खरेलले भन्नुभयो—पाँचखाल नगरपालिकाकालाई आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर, समृद्ध, सुरक्षित र नमुनाकृषि नगर बनाउने नगरबासीको आकांक्षा अनुसार यो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिरहेको छु ।

    पाँचखाल नगरपालिकाकाको सातौ नगरसभाको यस महत्वपूर्ण अवसरमा म सर्वप्रथम मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा विगतमा भएका सामाजिक न्याय तथा जनताको अधिकार प्राप्तिका आन्दोलनहरुमा आफ्नो जीवन वलिदान दिने अमर शहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्न चाहन्छु । यसका साथै घाइते, अपाङ्ग लगायतका आन्दोलनमा होमिने सबैप्रति उच्च सम्मान प्रकट गर्दछु ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमयुक्त अवस्थामा पनि आम नगरबासीलाई सुरक्षित राख्नका लागि पहिलो पंक्तिमा रहेर अहोरात्र खट्नु हुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी, स्वयम्सेवक, राजनीतिक तथा सामाजिक संघसंस्थाहरु लगायत कोरोना विपद् कोषमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक सम्मान प्रकट गर्दछु । साथै कोरोना संक्रमणबाट ज्यान गुमाउने सबैम हार्दिक श्रद्धान्जली अर्पण गर्दै यस रोगबाट संक्रमित हुनु भएका सबैमा सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

    आज सारा विश्व नै कोभिड १९ को संक्रमणका कारण कठिन अवस्थाबाट गुज्रिरहेको छ । सबैको सहयोग र सहकार्यबाट मात्रै हामी यो विश्वव्यापी महा संकटबाट जोगिन सक्छौ । जस्तोसुकै कठिन अवस्थाबाट भएपनि सबै एकजुट भएर कोभिड १९ विरुद्धको लडाइमा अगाडी वढ्नुपर्ने अहिलेको प्राथमिकता हो ।

    जनताको विकास पाउँने अधिकार तथा समावेशी सहभागिता र समुन्नत जीवनयापनको आकांक्षा सम्वोधन गर्न सक्ने ठानी हामीलाई अमूल्य मत दिएर विजयी बनाउनु हुने पाँचखाल नगरपालिकाकाका सम्पूर्ण जनसमुदायप्रति यस अवसरमा म पुनः उच्च सम्मान प्रकट गर्न चाहन्छु । जनताले दिएको अभिमत तथा हामीले जनता समक्ष गरेको प्रतिवद्धता तथा जनताका आवश्यकतालाई मुल एजेण्डा बनाएर हामीले काम गर्न थालेको पनि ३ वर्ष पुरा भएको छ । यो सातौ नगरसभासम्म आइपुग्दा जनताका अपेक्षा र हाम्रो प्रतिवद्धतालाई सम्बोधन गर्ने दिशामा हामी सफलताका साथ अगाडि वढिरहेकोमा मलाई गर्वको महसुस भएको छ । संघीयता कार्यान्वयन भन्दा पहिले सामान्य विकासे अड्डाका रुपमा मात्रै रहेको पाँचखाल नगरपालिकाकालाई घरदैलोको सरकारको रुपमा विकास गरेर जनतालाई सरकारको अनुभुति दिलाउन सफल भएका छौ ।

    संघात्मक शासन प्रणाली हाम्रो मुलुकका लागि नयाँ अभ्यास हो । यस प्रणालीमा हामीले सिक्दै, सिकेका कुरा प्रयोग गर्दै सफलताहरुलाई अनुकरण गर्दै कमजोरीहरु सुधार गर्दै अगाडी वढिरहेका छौ । संविधानले निर्दिष्ट गरेका अधिकारहरु तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्थालाई पालना गर्दै पाँचखाल नगरपालिकाकाले जनमुखी सेवा प्रवाह गरिरहेको कुरा सर्वविदितै छ ।

    जनतालाई छिटो छरितो, सर्वसुलभ र गुणस्तरिय सेवा दिने, जनताले चाहेको विकास प्रक्रियालाई शिरमा राख्दै, जनभावनालाई उच्च सम्मान गर्दै सुरक्षित जीवनयापनको अनभुति गराउँने मुल ध्येय बाहेक हाम्रो अर्को कुनै शर्त छैन यसका लागि दैनिक प्रशासन सञ्चालन, कानुन, नीति निर्माण तथा योजना तर्जुमा र कार्यान्वयनलाई उच्च प्राथमिकताका साथ सम्पादन गरिरहेका छौ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको तथा नगरकार्यपालिकाबाट सामान्य परिमार्जन सहित स्वीकृत गरीएको स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७५ (परिमार्जित) अनुसार असार ३० गते सम्ममा बजेट स्वीकृत गरि सक्नु पर्ने कानुनी व्यवस्था भए बमोजिम बजेट पेश गर्नु पूर्व नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने कानूनी व्यवस्थालाई आत्मसाथ गर्दै आ.व २०७७।०७८ को लागि पाँचखाल नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

    यस्तो सुझाव रह्यो वडा अध्यक्षहरुको

    नगरसभामा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङले नगरले जारी गरेको नीति नियममा तामाङ जातीको संग्राहलय थप्नको लागि सुझाव दिनुभयो ।

    त्यसैगरी पाँचखाल वडा नं ८ का वडा अध्यक्ष संजय तमाङले नगरसभा मार्फत जारी भएको नीति नियमले भावि दिनमा नगरको मुहार नै फेरीने बताउनु भयो । उहाँले थप्नुभयो नीति नियमको आधारमा बजेट बिनियोजन गर्दा पाँचखालमा अति आवश्यक विकास निर्माण सम्पन्न हुने बताउनु भयो ।

    त्यसैगरी वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकालले नगरमा आमुल परिवर्तनको खातिर नयाँ ढंगको नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो । विगतमा कार्य गर्दा केही कमी कमजोरी भएको भएपनि आगामी दिनमा त्यस्तो कुनै कमी कमजोरी नहुने बताउनु भयो ।

    त्यसैगरी पाँचखाल नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरेराम खतिवडाले हाल जारी भएको नीतिलाई अवलम्बन गर्दै भोली देखि २० गते सम्म विषयगत बिषयमा छलफल गरी बजेट विनियोजन गर्ने बताउनु भयो । उहाँले थप्नुभयो नीति नियमको आधारमा अगाडी बढ्दा पाँचखालको मुहार राम्रो हुने बताउनु भयो ।

    त्यसैगरी पाँचखाल नगरपालिका वडा नं १ का वडा अध्यक्ष अष्टमान तामाङले पाँचखाल धार्मिक तथा ऐतिहासिक नगर भएकोले पुरातात्वीक महत्वको बिषयलाई नीति तथा कार्यक्रममा समेट्नु पर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार