आइ.आर.के.मैनाली
काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालीकामा आज दुईजनामा कोरोना पुष्टि भएको छ । पाँचखाल वडा नं १२ का ३१ बर्षिय पुरुष र वडा नं १ का २६ बर्षिय पुरुषमा कोरोना रोग पुष्टि भएको हो ।
पाँचखाल १२ का ३१ बर्षिय पुरुष असार १३ गते साउदी बाट नेपाल आएका थिए । त्यसैगरी वडा नं १ का २६ बर्षिय पुरुष असार ९ दुवैबाट नेपाल आएका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालका प्रमुख डा.अमन दत्तका अनुसार उनीहरुलाई बिदेशबाट आए लगतै घरपरिवारको संसर्गमा पुग्न नपाउंदै क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईनमा रहनेहरुको पिसिआर गर्ने क्रममा आज (आईतबार) उनिहरुको रिपार्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएका दुवै जनालाई काठमाडौ स्थित टेकुमा उपचारको लागि पठाएको डा.दत्तले बताउनु भयो ।
आजको दुई संक्रमित सहित पाँचखालमा ४ जना कोरोना संक्रमित भएका पाँचखाल स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीले जानकारी गराउनु भयो । प्रमुख अधिकारीका अनुसार केहि दिन अगाडी पाँचखाल नगरपालिका वडा नं ९ का दिल्लिबाट आएका ३७ वर्षीय पुरुष र पाँचखाल वडा नं ६ का साउदीबाट असार ७ गते आएका ३३ वर्षीय पुरुष लाई पाँचखालको आईसोलेसनमा राखि उपचार गर्दै गरेको र आजका संक्रमितलाई भने टेकु पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस