२०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025

असार मसान्तमा बिकास निर्माणमा चटारो, सामाजिक सञ्जालमा अनावश्यक प्रचारवाजी


३३०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे/स्थानिय तहमा बिकास निर्माणको लागि उपलब्ध भएको बजेटबाट काम निरन्तर रुपमा हुंदैछ । विश्वमा फैलिएको कोरोना भाईरसको कारण विकास निर्माण कार्यमा भएको अवरोधले गर्दा समयमा काम सम्पन्न गर्न समस्या भएको थियो ।

    पछिल्लो समयमा लकडाउनमा केही खुकुलो भएसंगै विकास निर्माणको कार्य तिब्र गतिमा अगाडी बढेको छ । असार मसान्त नजिकंदै गर्दा उपभोक्ता समितिलाई काम सक्न निकै चटारो भएको छ । स्थानिय तहमा रहेका अनुगमन समितिले विकास निर्माणको कार्यमा अनुगमन गर्न भ्याई नभ्याई रहेको छ । प्राविधिकहरु सार्वजनिका विदामा समेत आफ्नो दायित्व पुरा गर्न निरन्तर रुपमा कार्य गरी गरी रहेका छन् । कतिपय स्थानका जनप्रतीनिधिहरुलाई विकास निर्माण स्थलमा पुगेर फोटो खिचाउंदै सामाजिक सञ्जालमा प्रचारबाजि गर्न व्यस्त छन् ।

    असार मसान्तले सवैलाई व्यस्त वनाएको छ, तर शिक्षकले विद्यार्थीहरुलाई पडाई रहेको छ, कृषकले खेति गर्दै छ, कर्मचारी कार्यालयमा रहेर आफ्नो दायित्व पुरा गर्दैछन्, सवारी चालकले सवारी साधन हाँक्दै छन्, पत्रकारले समाचार लेख्दैछन्, जनप्रतीनिधिले विकास निर्माण भएको कार्य हेर्दै छन् जस्ता बिषयलाई सामाजिक संञ्जालमा प्रचारवाजि गर्न कती उपयुक्त ? आफ्नो दायित्व पुरा गर्ने कार्य सवैको हो तर दायित्व पुरा गरेको प्रचारवाजीले सकारात्मक शंदेस नदेला ।

    जनप्रतीनिधिहरुले विकास निर्माण स्थानमा पुगेर फोटो खिच्न भ्याई नभ्याईको दृश्यले समाजमा रहेका बौद्धिक बर्गले हेर्ने दृष्टिकोण नकारात्मक रहेको छ । आफ्नो दायित्व के हो ? आफु कुन स्तरको व्यक्ति हो ? के कस्ता कार्य गर्नुपर्छ, कस्तो कार्य गर्नु हुंदैन भनेर बुझ्न जरुरी रहन्छ । आफ्नो उचाईलाई सगरमाथाको चुचुरोमा पुर्याउने कि, टुडिखेलको मैदानमा सिमित राख्ने भन्नेमा आफैमा निर्भर रहन्छ । जनप्रतीनिधिले गर्ने हरेक व्यवहारलाई जनताले नजिकबाट नियाली रहेका हुन्छन्, तर प्रतिकृया दिन हतार नगर्न सक्छन् । उनिहरुले गर्दै आएको हर व्यवहारको संकलनको पोका जव खुल्छ तव त्यति खेर सवै छर्लङ्ग !

    जनप्रतीनिधिले गरेका राम्रा कार्यलाई जनताले सकारात्मक ढंगले हेर्दै चौतर्फी रुपमा उदाहरणिय ढंगले हेरीनु सकारात्मक मानिन्छ । “समाजमा रहेका निश्पक्ष न्यायाधिस रुपि नागरिकले राम्रा कार्यको प्रचार बाजि गर्नु नै जनप्रतीनिधिको सफलता हो ।” तर “अरुले तपाई भनोस नभनोस आफै मपाईत्व”ले सकारात्मक शंदेस देला र ? आफ्नो गुनगान आफैले वा आफ्नालाई गर्न लगाउंदाको अवस्थाले गर्दा कतै अन्तत ओझेलमा त परिन्न ? गाईको घ्युउ निकै लाभदायक मानिन्छ तर प्रचारबाजि हुंदैन, बनस्पतिक घ्युको कति धेरै प्रचारबाजि हुन्छ तर किन प्रचारको पछि लागदैनन् ?

    विकास निर्माणको कार्यको अनुगमन गर्ने जिम्मेवारी पक्षले अनुगमन गर्दा बिकास निर्माणको गुणस्तरताको बिषयमा के—कति चासो दिएको छ , भन्ने बिषयमा समेत नियाल्दै छन् विकासप्रेमिहरु । प्राबिधिकहरुले तयार गरेको प्रतीवेदनमा के—कति सत्यता छ ? अनुगमन समितिले कति निस्पक्षता गरेको छ, भन्ने बिषयमा समेत निकै चासोको साथ ध्यान पुर्वक ढंगबाट अघि बढेका छन् जनताहरु ।

    हतारमा काम सम्पन्न भएको कागज मिलाउनको लागि अनुगमन समितिका पदाधिकारीहरुलाई भेट्न दौडधुप गर्नुपर्ने अवस्था आएको छ उपभोक्ता समितिलाइ । उपभोक्ता समितिका पदाधिकारीले अनुगमन समितिका सदस्यहरुको परिचय नहुंदा झन्डै अनुहार मिल्नेलाई बाटो घाटोमा भेट्दै सहि गरिदिनु पर्यो भनि फाईल दिने गरेको दृस्यले समेत अनुगमनको निरन्तरता साथै पारदर्सितामाथि शंका उत्पन्न गर्ने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु