२०८१ कार्तिक २३, शुक्रबार | Fri, 08, Nov, 2024

पाँचखालको बजेट ९९ करोड ९४ लाख


२९२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । पाँचखाल पनगरपालिकाको सातौ नगरभेला सम्पन्न भएको छ । भेलाबाट आगामि आर्थिक बर्ष ०७७।७८ को लागि ९९ करोड ९४ लाखको बजेट प्रस्तुत भएको छ ।

    नगरपालिकाका उप मेयर लक्ष्मी दनुवारले सार्वजनिक गर्नु भएको बजेटमा कृषि, पशुपंक्षी लाई बिगत बषहरुको तुलनामा अत्यन्त राम्रो बजेट सार्वजनिक गर्नुभएको छ । त्यसैगरी बिकास निर्माणको लागि सम्पुर्ण वडाहरुमा कालो पत्रे सडक पुर्याउने बिषयलाई प्रमुख प्राथमिकता दिईएको छ ।

    वडाहरुले ६५ लाखको सिलिङमा रहेर आ—आफ्नो वडाको विकास निर्माणको लागि बजेट विनियोजन गरिएको छ । नगरमा विनियोजन गर्ने बजेटमा निर्विवादित साथै सौहार्द पुर्ण तरिकाले नगरको हितको खातिर योजनाहरु ल्याउने बिषयमा लामो छलफल भएको थियो । नगरका सुभचिन्तक एवं विकासप्रेमिहरुको सुझावलाई मध्यनजर राख्दै कार्यपालिकाको निर्णय अनुसार बजेट विनियोजन भएको थियो ।

    वजेटले नगरको बिकास निर्माणको लागि चौतर्फि ढंगबाट समेटिएपनि पाँचखालको बहुप्रतिक्षित सुनकोशी खानेपानी आयोजनाको लागि सामान्य रुपमा वजेट विनियोजन भएको छ । । सो योजना सम्पन्न गर्नको लागि असार १५ गते चौपक्षिय सम्झौता भएको थियो । सो सम्झौतामा पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न खानेपानी तथा ढल ब्यबस्था बिभाग, नगर बिकास कोष, पाँचखाल नगरपालिका र उपभोक्ता समिति बिचमा आयोजना ब्यबस्थापनमा सम्झौता भएको थियो ।

    सम्झौतामा पाँचखाल नगरपालिकाले आयोजना स्थलसम्म पुग्ने साथै खानेपानी आयोजनाको लागि आवश्यक ४ स्टेसन सम्म पुग्ने सडकको व्यवस्था नगरको तर्फबाट गर्ने सहमति भएको थियो । आयोजनाको कार्य साउनको पहिलो हप्ताबाट सुरु हुंदैछ तर नगरले जारी गरेको ०७७ । ७८ को बजेटमा सो आयोजना स्थल सम्म जाने सडकको लागि बजेट बिनियोजन नहुंदा आयोजनाको कार्यको लागि समस्या हुने भएको छ ।

    सम्झौतामा पाँचखाल नगरपालिकाले आयोजना स्थलसम्म पुग्ने साथै खानेपानी आयोजनाको लागि आवश्यक ४ स्टेसन सम्म पुग्ने सडकको व्यवस्था नगरको तर्फबाट गर्ने सहमति भएको थियो । आयोजनाको कार्य साउनको पहिलो हप्ताबाट सुरु हुंदैछ तर नगरले जारी गरेको ०७७ । ७८ को बजेटमा सो आयोजना स्थल सम्म जाने सडकको लागि ४५ लाख मात्रै बजेट व्यवस्था भएको छ ।

    सडक निर्माण कार्यको लागि खानेपानि उपभोक्ता समितिले ५ करोड माग गर्दै आएको थियो । केहि समय अगाडी भएको छलफलको क्रममा पहिलो चरणको बाटो निर्माणको लागि १ करोड उपलब्ध गराउने वचन भएतापनि ४५ लाख मात्रै बजेटको व्यवस्था हुंदा सडक निर्माण गर्न समस्या हुंदा योजना अगाडि बढ्न समस्या पर्ने भएको छ । सोही बिषयलाई लिएर नगरका बौद्धिक व्यक्तिहरुले दुई अर्ब २१ करोडको लागतमा तीन बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको योजना ओझलमा परेको बताउनु भएको छ ।

    नगरसभामा नगरका मेयर महेश खरेलले नगरको हितको लागि धेरै छलफल र ठुलो मिहनतका साथमा बजेट ल्याएको बताउनु भयो । जारी भएको वजेटले पाँचखालको हितमा कार्य हुने ठोकुवा गर्दै मदन भण्डारी बिश्वविद्यालय, काठमाडौ विश्वविद्यालयको शाखा पाँचखालमा संञ्चालन हुने हुंदा पाँचखालको मुहार फेरिने बताउनु भयो । पाँचखाल वासि,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगरका सम्पुर्ण कर्मचारीहरु लगायतको योगदानले गर्दा महामारीको रुपमा फैलिएको कोरोनासंग लड्न सहज भएको बताउनु भयो । पाँचखालको हितको खातिर कुनैपनि दल नभएको बताउंदै पाँचखाल दलको आधारमा अत्यन्त सौहार्द ढंगबाट अगाडी बढेको बताउनु भयो ।

    त्यसैगरी नगरसभामा वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, वडा नं ७ का वडा अध्यक्ष एवं विधेयक संयोजक पुष्कर ढकाल,वडा नं ८ का वडा अध्यक्ष एवं नगरका प्रबक्ता शंजय तामाङ लगाएतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार