२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

आजबाट साझा बसले यात्रुहरु बोक्ने


३२०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — सरकारी लगानीको साझा यातायातले बिहीबारबाट बस सेवा सुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा सेवा सुरु गर्न लागिएको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।

    बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ । उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, स्यानीटाइजरको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्नेसँगै खुद्रा पैसा बोकरमात्रै बसमा यात्रा गर्नुपर्छ । उनले भने, ‘बसका कर्मचारीले पनि माक्स, पञ्जा र स्यानीटाइजरको व्यवस्था गरिएको छ ।’

    पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ । पहिले थोरै बसबाट सुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताए । सरकारले तोकेअनुसार नै भाडा लिइनेछ ।

    मन्त्रिपरिषद्‌ बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मतलगायतका तयारीका काम गरिरहेको थियो । यातायात व्यवस्था विभागले औपचारिक रुपमा पत्र नदिएकाले सेवा सुरु गर्न नसकेकामा पत्र प्राप्त भएसँगै सुरु गरिएको हो ।

    २०१९ सालबाट बस सेवा सुरु गरेको संस्थाले विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो । विभिन्न समस्याका कारण २०६४ मा अवरुद्ध सेवा २०७० मा पुनः स्थापित भएको हो । काठमाडौं उपत्यकामा १० रुट रहेकोमा साझाको उपत्यका बाहिर पनि सेवा विस्तार गरेको छ । संस्थाले काठमाडौं उपत्यकामा अपाङ्तामैत्री सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार