२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा सुनको कचौरा


४८८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं २ मा कृषि तथा फरेष्टि क्याम्पस सञ्चालन हुने भएको छ ।
    काठमाडौ विश्वविद्यालयले आफ्नो कार्यक्षेत्रहरु फैलाउने क्रममा कृषि नगरको रुपमा अगाडी बढेको पाँचखाल नगरमा कृषि तथा फरेष्टि क्याम्पस सञ्चालन गर्ने भएको हो ।
    पाँचखाल नगरपालिकाले वडा नं २ मा रहेको सामुदायिक बनको ५ सय रोपनि जग्गा उपलब्ध गराएपछि उक्त क्याम्पस संञ्चालन हुने भएको छ । क्याम्पस संञ्चालनको लागि आवश्यक कानुनि प्रक्रिया समेत सकेर आज (शुक्रबार) क्यामपस संञ्चालको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
    सम्पन्न सार्वजनिक सुनुवाईमा जानकारी गराए अनुसार प्रथम चरणको कार्य अवको ३० महिनामा आवश्यक निर्माण कार्य सम्पन्न गर्ने सो निर्माण कार्यको लागि २४ करोड ७६ लाख ४० हजार लागत लाग्ने जानकारी गराईएको छ ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचखाल नगरका मेयर महेश खरेलले भन्नुभयो—“पाँचखाल सुनको कचौरा बन्दै छ, काठमाडौ विश्वविद्यालयले संञ्चालन गर्ने कृषि तथा फरेस्टि क्याम्पस र छिटै सञ्चालनको तयारीमा रहेको मदन भण्डारी विश्वविद्यालय पाँचखालको सुनको कचौराको रुप हो ।” उहाँले थप्नुभयो पाँचखालमा उक्त दुई विश्वविद्यालय सञ्चालनको लागि आम पाँचखाल वासि साथै नि—बर्तमान संञ्चार मन्त्री एवं संघिय सांसद गोकुल बाँस्कोटा, प्रदेश सांसद लक्ष्मण लम्साल, समाजसेवि, शिक्षासेविहरुको साथ र सहयोगमा अगाडी बढेको बताउनु भयो । पाँचखालको सुनौलो भविश्यको लागि कुनै पाटी नभई पाँचखाल वाद एक जुट भएर अगाडी बढेको बताउनु भयो ।


    सार्वजनिक सुनुवाई कार्यक्रममा काठमाडौ विश्वबिद्यालयका रजिष्टार डा. सुबोध शर्माले भन्नुभयो —कृषि नगरिको रुपमा अगाडी बढेको पाँचखालको भविश्य ठुलो रहेको छ । पाँचखालमा संञ्चालन हुने कृषि क्याम्पसका कारण कृषिलाई आधुनिकिकरण गरी विश्वकै उदाहरणिय नगरको रुपमा पाँचखाललाई चिनाउन सकिने बताउनु भयो । उहाँले थप्नुभयो नेपाललाई बिकास गर्ने प्रमुख माध्यम कृषि भएकोले कृषिलाई अगाडि बढाउन जरुरी रहेको बताउनु भयो । काठमाडौ विश्वविद्यालयलाई धनिका छोराछोरी मात्रै पढ्ने स्थान साथै अन्यत्र फैलन नसकेको आरोप लाग्ने गरेको वताउनु भयो । केयुमा २२ प्रतिशत विद्यार्थीहरु छात्रवित्तिमा अध्ययन गर्दै गरेको वताउंदै विस्तारको क्रम पाँचखालबाट सुरु भएको बताउनु भयो ।

    कार्यक्रममा काठमाडौ विश्वविद्यालयका स्कुल अफ मेडिकलका व्यवस्थापक दिपक दाहालले भन्नुभयो पाँचखाल नगरपालिकामा महेश खरेल निर्वाचित भए लगतै पाँचखालमा विश्वविद्यालय संञ्चालनको लागि पहल गरेको बताउनु भयो । पटक पटकको छलफल पश्चात पाँचखालमा कृषि तथा फरेष्टि क्याम्पस संञ्चालन गर्ने निधो भएको बताउनु भयो । नेपालको कानुनि प्रकृयाहरु सक्न समय लागेकोले केहि ढिलो भयो, अव छिट्टै काम सम्पन्न हुने र क्याम्पस सञ्चालन हुने बताउनु भयो ।


    पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवारले कार्यक्रमको समापनको क्रममा पाँचखाल नगरको गहनाको रुपमा संञ्चालन हुन लागेको क्याम्पसहरु सञ्चालनको लागि नगरका सम्पुर्ण जनप्रतीनिधि साथै नगरवासिहरुको साथ र सहयोग हुने बताउनु भयो ।


    सम्बन्धित वडा (पाँचखाल नगरपालिका वडा नं २) का वडा अध्यक्ष हरिराम खतिवडाले भन्नुभयो क्याम्पस सञ्चालनको लागि वडा नं २ छनोट गर्ने वातावरण मिलाउनु हुने मेयर महेश खरेल साथै काठमाडौ विश्वविद्यालयलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो क्याम्पस संञ्चालन गर्नको लागि आवश्यक जग्गा ५ सय रोपनि उपलब्ध गराउन हरेक पहल गर्ने स्थानिय साथै बनउपभोक्ता समितिका पदाधिकारीहरुको योगदान उच्च रहेकै कारण वडा नं २ मा क्याम्पस स्थापना हुन सफल भएको बताउनु भयो । स्थानिय साथै बन उपभोक्ता समितिको मागहरुका बिषयमा काठमाडौ विश्वविद्यालयले ध्यान दिनुपर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार