२०८१ आश्विन २२, मंगलबार | Tue, 08, Oct, 2024

सिन्धुपाल्चोकको पहिरोमा परि १३ घर पुरीयो ५ घरमा रहेका परिवार बेपत्ता


३४१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • ३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

    शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘१३ वटा घर पुरिए, पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन ।’१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।

    अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । जुगल गाउँपालिकाका योजना अधिकृत नेपालले भने, ‘उद्धार गर्न एकदमै कठिन छ । पहिरो झरिरहेको छ । हामी हेलिकोप्टर परिचालनको तयारीमा छौं ।’
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार