२०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023

पाँचखालमा विद्यालय संञ्चालनको तयारी, विद्यालय संञ्चालनको लागि जारी गरेको कार्यबिधि सहित


२५२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे, पाँचखाल । पाँचखाल नगरपालिकमा रहेका ४४ सामुदायिक र ११ सस्थागत विद्यालयहरु सुरक्षीत ढंगबाट संञ्चालनको तयारीमा रहेको छ ।

    कोरोनाको कारण बन्द भएका बिद्यालयहरु सुरक्षीत ढंगबाट संञ्चालन गर्ने बिषयमा पाँचखाल नगर शिक्षा शाखाले अग्रसरता देखाएको छ । नगरमा रहेका बिद्यालयहरुको शिक्षकहरुसंग पाँचखाल नगरपालिका शिक्षा शाखाले बृहत छलफल गरी सुरक्षीत साथै गुणस्तरिय शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा पाँचखाल नगरलाई नमुना ढंगले अगाडी बढाउने तयारी गरेको छ ।

    शिक्षा शाखाको आयोजनामा पाँचखाल नगरका प्रमुख प्रसाशकिय अधिकृत लोक वहादुर भण्डारीको अध्यक्षतामा नगरमा रहेका विद्यालयहरुका शिक्षकहरुसंग छलफल भएको थियो । सो छलफल कार्यक्रममा नगरका प्रमुख प्रसाशकिय अधिकृत लोकबहादुर भण्डारीले भन्नुभयो “पाँचखाल नगरमा रहेका बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने बिषयमा नगरपालिकाले बोल्ड निर्णय गर्छ ।”कुन बिधि अपनाउदा विद्यार्थीहरु सुरक्षीत साथै पठन पाठनको लागि सहज हुन्छ सो बिषयमा गहन ढंगको अध्ययन गरेर कार्यपालिकाले निर्णय गरेको बताउनु भयो ।

    छलफलको क्रममा पाँचखाल नगरका शिक्षा शाखा प्रमुख (उप—सचिव) दिनानाथ पन्थिले भन्नुभयो “नेपालमा लकडाउन सुरुभए एता बैकल्पिक बिधिहरु (रेडियो, टेलिभिजन, अनलाईन) अपनाएर शिक्षा प्रदान गर्ने जमर्को गरेउ ।” पाँचखाल नगरपालिकामा रहेका विद्यार्थीहरुका लागि सो बिधिहरु खासै प्रभावकारी हुन नसकेको पन्थिले बताउनु भयो । उहाँले थप्नुभयो पाँचखालमा रहेका विद्यार्थीहरुको पठनपाठनमा कुनै असर नपर्ने ढंगको तौर तरिका अपनाएर पठन पाठनको व्यवस्था मिलाएको बताउनु भयो ।

     

    छलफल कार्यक्रममा सहभागि सम्पुर्ण शिक्षकहरुले बिद्यार्थीहरुको हितको लागि सहज र सुरक्षीत साथै प्रत्यक्ष ढंगबाट विद्यालय संञ्चालन गर्ने बिषयमा जोड दिनुभएको थियो । सहभागि शिक्ष्कहरुको सुझावलाई आधार मान्दै पाँचखाल शिक्षा शाखाले नगर कार्यपालिका समक्ष नगरमा रहेका बिद्यालयहरु संञ्चालनको लागि कार्यबिधि बनाउनको लागि अनुरोध गरेको थियो । सोही आधारमा नगर कार्यपालिकाले कार्यबिधि तयार गरी अशोजको पहिलो हप्ताबाट पाँचखालका विद्यालयहरु सञ्चालनमा आउने भएको छ ।

    यस्तो छ —विद्यालय संञ्चालन तथा विद्यार्थी शिकाई सहजीकरण कार्यबिधि

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार