२०८१ माघ १०, बिहिबार | Thu, 23, Jan, 2025

कम्युनिष्ट निककट २० दलकको बृहत अन्तर्क्रीया अशोज १७ मा


३२५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । असोजमा २० वामपन्थी संगठनले बृहत् अन्तरकृयाको आयोजना गर्ने भएका छन् । राष्ट्रमा उत्पन्न समस्या र तिनको निकाससँग केन्द्रीत रहेर ती संगठनले असोज १७ गते बृहत् अन्तरक्रियाको आयोजना गर्न लागेका हुन् ।

    अहिले सरकारको नेतृत्व गरिरहेको कम्युनिष्ट सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान नगरी परिस्थितिलाई झन् झन् विकराल बनाउने काम गरेको आरोप लगाउँदै ती संगठनले कार्यगत एकताले मात्र सच्चा वामपन्थीको भूमिका निर्वाह गर्ने निश्कर्षसहित सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाएका छन् ।

    २० संगठनको कार्यगत एकताको तर्फबाट सीपी गजुरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै असोज १७ गते दिनको १२ बजे “देशमा उत्पन्न समस्या र तिनको निकास” भन्ने विषयमा बृहत् अन्तरकृया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको जनाएका छन् ।

    उनले मुलुकमा पछिल्लो समयमा देखिएको विकराल समस्याको समाधानका लागि समग्र पत्रकार, वुद्धिजीवि, समाजका सबै परिवर्तन पक्षधरहरुलाई उक्त कार्यक्रमको जुममा जोडिएर संघर्षमा योगदान पु¥याउन आह्वान समेत गरेका छन् ।

    कार्यगत एकता गर्ने संगठनहरुमा नेकपा(मशाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा(संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र नेपाल, एम्सीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा(माक्र्सवादी) र नेकपा माक्र्सवादी (पुष्पलाल) रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु