२०८१ भाद्र २६, बुधबार | Wed, 11, Sep, 2024

काभ्रेका डा.झालाई भव्य सम्मान, स्वास्थ्यकर्मीहरुको टिमले गर्दा नगरको नाम उच्च रहन सफल भयो —खरेल


३२४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • आई.आर.के.मैनाली
    १६ अशोज,काभ्रें । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झालाई पाँचखालमा आज (शुक्रबार) भव्य ढंगबाट सम्मान गरेको छ ।

    नेपाल सरकारले संविधान दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झा (बरिष्ट स्वास्थ्य प्रशासन रा.प दितिय श्रेणी) प्रवल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित हुनुभएको थियो ।

    जिल्लामा कोभिडको समयमा पनि अब्वल ढंगको कार्य गरी काभ्रेकै नाम उच्च राख्दै प्रवल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित हुन सफल भएको भन्दै पाँचखाल नगरले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । भगवान बुद्धले जस्तै राम्रो काम गर्न सफल भएको शंकेत गर्दे बुद्धको मुर्ती प्रदान गर्दै दोसल्ला पहिर्याएर सम्मान गरिएको थियो ।

    सम्मानित कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेलले डा. झाले काभ्रेमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । उहाँले थप्नुभयो कोभिडको समयमा जिल्लामा रहेका हरेक स्वास्थ्य क्षेत्रमा डा. झाले गरेको अव्वल कार्यले गर्दा स्वास्थ्य क्षेत्रमा सहज भएको बताउनु भयो ।

    कार्यक्रममा प्रमुख खरेलले भन्नुभयो पाँचखालमा रहेका स्वास्थ्यकर्मीहरुको टिमले गर्दा नगरको नाम उच्च रहन सफल भएको बताउनु भयो । स्वास्थ्यको क्षेत्रमा पाँचखालको उच्च मुल्यांकन हुनुनै स्वास्थ्यकर्मीहरुको योगदान भएको बताउनु भयो । उज्ज्वल अधिकारीको शंयोजकत्वमा रहेको पाँचखाल स्वास्थ्य शाखाको उदाहरणिय कार्यले गर्दा नगरवासिले सहजसंग स्वास्थ्य सेवा पाएको वताउनु भयो । पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.अमन दत्तले कोरोना विरुद्ध पुर्याएको योगदान अविस्मरणिय रहेको बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु