२०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023

होटलका महिला कामदार लाई ग्राहकसंग शारिरिक संम्पर्क गर्न बाध्य पार्ने पाँचखालका युवा पक्राऊ


१५३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– जाल्पा रोडस्थित खाजाघर सञ्चालन गर्दै आएका ३४ वर्षीय केशव भुजेल रहेका छन् ।

    पक्राउ परेका भुजेलले खाजा घरमा काम गर्ने महिलालाई डरधम्की देखाएर जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्यत्र होटलमा समेत जबरजस्ती पठाई शारीरिक सम्पर्क गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार भुजेलले विभिन्न प्रलोभनमा पारेर राम्रो काममा लगाइदिन्छु भन्दै केटीहरु ल्याउने र एक दुई दिनपछि खाजाघरमा आउने व्यक्तिहरुसँग पैसा असुलेर शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गर्थे ।

    भुजेलले होटलमा काम गर्ने बहानामा ल्याएका महिलालाई शारीरिक तथा मानसिक यातना समेत दिने गरेको एसपी श्रेष्ठले बताए । साथै पीडित महिलाको उद्दार गरी परिवारलाई जिम्मा लगाइएको श्रेष्ठले भने ।

    भुजेलविरुद्ध मानव बेचविखन तथा ओसारपोसार सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु