२०८१ आश्विन २२, मंगलबार | Tue, 08, Oct, 2024

विप्लब समुहले गोली हानी प्रधानाध्यापकको हत्या


२३८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडाैं- प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ। माेरङ प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।

    उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरीले जनाएकाे छ । ‘बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट लिएर गएकाे प्रहरीले जनाएकाे छ ।

    घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर श्रेष्ठको हत्या गरिएकाे छ । प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको जनाएकाे छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ । प्रहरी टोली अहिले घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार