२०८१ कार्तिक २३, शुक्रबार | Fri, 08, Nov, 2024

लघुवृत्तको चेपुवामा पर्दा आत्महत्या समेत हुन थालेको छ- लक्ष्मी


५२३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे, पाँचखाल । पाँचखाल नगरपालिका उप—मेयर लक्ष्मी दनुवारले लघुवित्त नामक संस्थाले ग्रामिण बस्तिहरुमा शोषण दर्गा स्थानियहरुको आर्थिक अवस्था कमजोर हुंदै गएको बताउनु भयो ।

    आज (शुक्रबार) पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै उपमेयर दनुवारले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि उप—मेयर दनुवारले भन्नुभयो—लघुवृत्त नामक संस्थाले ग्रामिण बस्तिका कुना कंदरामा पुगेर ऋण लगानी गर्दै चक्रिय व्याज असुल्दा महिलाहरु आर्थिक क्षेत्रमा पछि परेको हो । उहाँले थप्नुभयो—लघुवित्तले ग्रामिण बस्तीहरुमा पुगेर जति भन्यो उति ऋण लगानि गर्छौ भन्दै (बिशेष गरेर महिलाहरुलाई) ऋण लगानी गर्ने र चक्रिय व्याज असुल्ने गरेकोले निकै समस्या आएको बताउनु भयो । लघुबित्तसंग लिएको ऋण तिर्र्न बिभिन्न सहकारीहरुसंग पुन ऋण लिदै जाँदा केहि बर्षमै ऋणको अवस्था चुलिदै जाँदा घरझगडा सुरुहुने गरेको छ । सोही घर झगडाकै कारण महिला हिंसा देखि आत्महत्या समेतको घटना हुने गरेकोले सचेत हुनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा उप—मेयर दनुवारले भन्नुभयो पाँचखाल नगरमा रहेको महिला सहकारीहरु मध्यकै उत्कृष्ट कार्यगर्न सफल रहेको ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलाहरुमा बचत गर्ने बानिका साथै नेतृत्व गर्न सक्ने क्षमतामा बिकास गराएको बताउनु भयो । महिला बिकास सहकारीले धेरै राम्रा कार्यहरु गर्न सफल भएको छ तर प्रचार प्रसारको अपुगले गर्दा सवैले जान्ने मौका नपाएको बताउनु भयो । नगरमा रहेका अन्य महिला सहकारीहरुसंग सहकार्य गर्दै एकता (मर्च) गरी बृहत ढंगबाट अगाडी बढ्नुपर्ने बताउनु भयो । नगरमा रहेका महिला सहकारीहरुको भवन वनाउन विगतमा जनप्रतीनिधि एवं समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुले सार्वजनिक जग्गा उपलब्ध गराउंदै आर्थिक समेत सहयोग गरेको बताउंदै महिला सहकारीको भवनले चर्चेको जग्गाहरु सहकारीलाई हस्तान्तरण गर्ने प्रकृयामा लाग्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल नगर सहकारी बिभाग प्रमुख इश्वर अधिकारीले भन्नुभयो—पाँचखाल नगरमा अन्यत्रबाट आएका सहकारीहरुले इकाई सञ्चालन गर्नु राम्रो होईन । उहाँले थप्नुभयो, सहकारी ऐन २०७४ अनुसार नीतिगत कार्य नगरी इकाई सञ्चालन गर्दै आएका सहकारीहरुको अनुगमन गर्न जरुरी रहेको बताउनु भयो । पाँचखालमा रहेका १३८ सहकारी संस्थालाई व्यवस्थित गर्नको लागि प्रयास गरिरहेको छ तर हाल नसकेको बताउनु भयो । नगरमा रहेका सहकारीहरुलाई व्यवस्थित ढंगबाट अगाडी बढाउनको लागि सहकारीको परिमार्जित नीति नियमको बिषयमा जानकारी गराउने साथै क्षमता अभिबृद्धिको लागि केही बजेटको व्यवस्था भएपनि नगरमा घाटा बजेटको कारण सो कार्यलाई हाल अगाडी बढाउन नसकेको बताउनु भयो ।

    ग्रामिण महिलाबिकास वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सरस्वति चिमौरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा काजिको तथा धैरेनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं जनप्रतीनिधि शिबहरि पराजुलि, संञ्चारकर्मी इश्वरीराजकुमार मैनाली, संस्थाको सल्लाहकार शुभद्रा अधिकार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    संस्थाका उपाध्यक्ष इन्दिरा गौतमले स्वागत मन्तव्य राखि सुरुभएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सरस्वति चिमौरियाले विगतमा भएको उपलब्धी साथै भावि योजना प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी संस्थाका व्यवस्थापक मनोजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो साथै संस्थाका सचिब गिता नेपालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सह—सचिब कुशुम दुलालले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार