२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे मालपोतमा स्वच्छ वातावरण सहित सुबिधायुक्त सेवा, कार्यालय हातामै स्तनपानको व्यवस्था


२५६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रे । काभ्रे मालपोत कार्यालयले पछिल्लो समयमा आएर सेवाग्रहीहरुको सुबिधालाई मध्यनजर राख्दै स्वच्छ वातावरणको साथै सुविधायुक्त सेवा दिने तयारी गरेको छ ।

    विश्वमा महाँमारीको रुपमा फैलिएको कोरोनाको कारण कम भिडभाड हुने ढंगले जिल्लामा रहेका १३ स्थानिय तहलाई आलो पालोमा सेवा दिदै आएको काभ्रे मालपोतले भोली आईतबार बाट आलोपालो प्रणालि हटाउने तयारी गरेको काभ्रे मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लोकवहादुर भण्डारीले बताउनु भयो ।

    प्रमुख मालपोत अधिकृत भण्डारीका अनुसार मालपोत कार्यालयमा आउने सेवाग्रहीहरुलाई सहज ढंगले स्वच्छ वातावरका साथमा सेवा दिने उद्देश्यले टोकन प्रणाली लागु गर्ने, कोरोना भाईरसबाट जोगाउनको लागी मुलगेटमा सेन्सर प्रबिधिको सेनिटाईजरको साथै माक्सको व्यवस्था गर्ने, कार्यालय हातामा स्वच्छ पिउने पानीको व्यवस्था, फुलबारी (गार्डेन) को व्यवस्था, कार्यालय हातामा सुरक्षीत स्तनपानको व्यवस्था, डिजिटल नागरिक वडापत्रको व्यवस्था गरीने भएको छ ।

    त्यसैगरी सेवाग्राहीहरुको सहजताको लागि तामेली व्यवस्था, प्रमुख मालपोत अधिकृत समेतको टोली गाउंगाउंमा गएर जनतासंग मालपोत कार्यक्रम संञ्चालन गर्ने । स्थानिय तहहरुसंग समन्वय गरेर सेवाग्राहीहरुको हितको खातिर कार्य गर्ने , कार्यालय कक्षमा व्यवस्थित प्रतिक्षालयको व्यवस्था, अपाङ्गमैत्रि शौचालयको व्यवस्था, सेवाग्राहीहरुलाई सुलभ दरमा गुणस्तरीय खाजाको व्यवस्थाको लागि चमेनागृहको व्यवस्था, प्रतिक्षालय हातामा इन्टरनेट सहितको टेलिभिजनको व्यवस्था हुदैछ काभ्रे मालपोतमा ।

    २०७७ अशोज २१ मा काभ्रे मालपोतको जिम्मेवारी सम्हाल्नु भएका प्रमुख मालपोत अधिकृत भण्डारीले सेवाग्रहीको हितको खातिर अगाडी बढाएको योजनाले गर्दा कार्यालय सञ्चालनको लागि सहज भएको मालपोत अधिकृतहरुको भनाई रहेको छ । भण्डारीको आगमन पश्चात कार्यालय हातामा विभिन्न जातका फुलका १६५ थान गमलाहरु सजाईएको छ । प्रमुख मालपोत अधिकृत भण्डारीको अनुरोधमा एग्रीन भिलेज हाउजिंङ्ग प्र.लिले उक्त गमलाहरु निःशुल्क उपलब्ध गराएको थियो ।

    त्यसैगरी प्रतिक्षालयमा सेवाग्राहिहरुलाई बस्न सहजताको लागि बेञ्चको आवश्यकता परिपुर्ति गर्नु पर्ने भएकोले भण्डारीकै अनुरोधमा पाँचखाल स्थित मधु दाहालले दुई थान फलामको वेञ्को व्यवस्था गरीदिनु भएको छ । गमलाहरुलाई थप व्यवस्थित ढंगले सजाउने उद्देश्यले गमला राख्ने फलामको स्टाईन व्यवस्था साथै कार्यालय हातामा व्यापक सफाई गर्ने कार्यले सेवाग्राहीहरुको मनै लोभ्याएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार