२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

प्रविधिमैत्री बन्दै मालपोत-भण्डारी


११३९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • प्रदिप केसी

    धुलिखेल/जिल्ला मालपोत कार्यालय काभ्रेले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको छ ।

    कार्यालयका कागज पत्रहरुलाई डिजिटल गर्न थालेपछि सेवा समेत छिटोछरितो हुँदै गएको बिहीबार मालपोत कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीले बताउनुभएको हो ।

    उहाँले अब तपाईंहरुले केही महिना भित्रमा ‘क्लिन ग्रीन’ मालपोत कार्यालय देख्नुहुने छ । कार्यालयबाट सेवा प्रदायकलाई डिजिटल रुपमा टोकन प्रणाली सुरु गरिने बताउँदै रजिष्टे«शन फाँट र अधिकृतको कार्यकक्ष एकै ठाउँमा राख्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन प्रतिक्षालयमा टिभी निःशुल्क इन्टरनेट, स्तनपान कक्ष, अलग–अलग क्षमता भएकाहरुलाई विशेष शौचालय, चमेनागृहको व्यवस्था मिलाई जिल्लाबाट राजश्व उठाएर संघ, प्रदेश र स्थानीय सरकारलाई बाँडफाँड गर्दै आएको समेत बताइएको थियो ।

    जग्गा प्रशासन कार्यमा ५५ वटा निजी क्षेत्र र २ वटा पाँचखाल र नमोबुद्धमा गरी ५७ भूसेवा केन्द्र सञ्चालनमा आएका छन् भने ११ पालिकाहरुमा क्रमशः सेवा सुरु गरिँदै लैजाने अधिकृत भण्डारीले बताउनुभयो । जग्गा प्रशासक सेवामा कागजपत्र र प्रमाणहरु जुटाएर ‘लिखत फर्वाड’ गरी रोक्का, फुक्का पूर्णतयाः डिजिटल भएको छ । कार्यालयमा विगतका पोका फाइलहरु खोज्नुपर्ने प्रथाको अन्त्य हुने भू–उपयोग र जग्गाको वर्गीकरण गरिरहेको जानकारी दिँदै शुरुमा महाभारत र कोशीपारी जनतासँग मालपोतको कार्यक्रम लिएर जाने योजना तयार भइसकेको बताएको थियो ।

    मालपोत अधिकृत टंकप्रसाद चौलागाईंले कार्यालयले सम्पादन गर्दै आएको नयाँ सेवा सुविधाहरु नागरिकहरु समक्ष पु¥याउन यस पत्रकार सम्मेलन फलदायी हुने आशा रहेको बताउनुभयो । यस पत्रकार सम्मेलन आर्थिक वर्ष र चालु आर्थिक वर्षको अर्धवार्षिक विवरणहरु जानकारी दिने उद्देश्य अनुरुप आयोजना गरिएको हो चौलागाईंले भन्नुभयो ।

    नेपाल लेखापढी कानून व्यवसायी संघ काभे्रका अध्यक्ष रोशन श्रेष्ठले हालै डिजिटल नापी भएका नगरका सेवाग्राहीले बढी सास्ती व्यहोर्नुपरेको बताउँदै डिजिटलबाट पूर्जा पाएका सेवाग्राहीले स्रेस्ता कायम (हाल साविक) गर्नुपर्ने काम एकैदिनमा काम सकिने भएपनि अमिन लगेर जग्गाको यकिन गर्नुपर्ने अवस्थामा अलि समय लाग्छ, त्यसैले सेवाग्राहीहरुले यसलाई र उसलाई भनेर दोष दिन नमिल्ने बताउनुभयो ।

    अध्यक्ष श्रेष्ठले भूसेवा लिने शुल्कमा मनलाग्दी भयो भन्ने गुनासोमा कोही कसैले लिने सुविधामा बदमासी गरेका हुन सक्छन् । त्यस सदस्यलाई सचेत गराउने बताउनुभयो । कागज नपुगेका सेवाग्राहरुले दबाब र प्रभाव पार्नु भएन र हामी सबै कानूनले बाँधिएका छौं । उहाँले डाँडापारी र कोशीपारीमा मालपोत कार्यालय खोलिनुपर्ने आवश्यकता छ । किनकी गरिब जनता (सेवाग्राही) ले टाढा टाढाबाट आउँदा निकै खर्चिलो भएको गुनासो सेवाग्राहीहरुले गरेको कुरा लक्षित गर्नुभएको थियो ।

    २० हजारभन्दा बढी खर्च सेवाग्राहीले खर्चिनु परेको छ । मालपोत कार्यालयले आ.व. ०७६।७७ मा रजिष्टे«शनबाट ४५ करोड १४ लाख ५४ हजार, पूँजीगत लाभकर १९ करोड ८३ लाख ४७ हजार, अग्रिम आयकर १ करोड ३३ लाख २३ हजार, सेवा शुल्क र दण्ड जरिवानाबाट ३ करोड २२ लाख ३० हजार र रोक्का दस्तुर २२ लाख ६१ हजार असुल गरिएको जानकारी दिइएको थियो ।

    सेवाग्राहीबाट प्राप्त राजश्व बाँडफाँड हुँदा बागमती प्रदेशलाई १८ करोड ५४ लाख १० हजार र काभ्रे जिल्लाका १३ स्थानीय तहमध्ये बनेपाले १० करोड २५ लाख २२ हजार, पनौतीले ४ करोड ९३ लाख ४१ हजार र धुलिखेलले ४ करोड ७५ लाख २१ हजार रकम प्राप्त गरेका छन् ।

    चालु आ.व. को पौष मसान्तसम्म बागमती प्रदेशलाई ११ करोड २८ लाख १३ हजार र स्थानीय तहहरुमा बनेपालाई ५ करोड ६१ लाख २१ हजार, पनौती ३ करोड ७८ लाख ४५ हजार र धुलिखेलले २ करोड ६४ लाख २६ हजार रुपैयाँ पाएका छन् । पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिनाले पछिल्लो समय मालपोत कार्यालय कार्यालय प्रविधिमैत्री बन्दै गएको बताउनुभयो । पत्रकार प्रदिप केसीले मुख्य मालपोत अधिकृत लोकबहादुर भण्डारीलाई प्रश्न गर्दै जग्गाको हाल साविक गर्न मालपोत कार्यालय र नापी कार्यालयको समन्वय नै महत्वपूर्ण हुने बताउँदै डिजिटल पूर्जा पाएका सेवाग्राहीलाई एकदिनमा काम सकिने गरी नापी कार्यालयसँग समन्वय गर्न अनुरोध गर्नुभएको थियो । मालपोल कार्यालयका कम्प्युटर अपरेटर रामभक्त हुमागाईंले जग्गा कारोबारको डिजिटली भेरिफाई हुँदा अदालतबाट वा अन्य निकायबाट रोक्का भएका जग्गाहरु कम्प्युटरमा आउनसाथ रोक्का गरिएको जानकारी दिनुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार