२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सामुदायिक वनको निर्वाचन सम्पन्न, चौथोपटक अध्यक्षमा दलबहादुर (फोटो फिचर सहित)


४८२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन ८, शनिबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के मैनाली

    काभ्रे, पाँचखाल । पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको काजीको तथा धैरेनी सामुदायिक वन उपभोक्ता समुहको निर्वाचन सम्पन्न भएको ।

    १३ जनाको कार्यसमिति मध्य अध्यक्ष बाहेक अन्य पद कार्तीक ६ गते सम्पन्न साधारण सभाबाट सहमतिमा निर्विरोध निर्वाचित भएका थिए । अध्यक्ष पदको लागि २ जनाको उम्मेदवारी परेकोले निर्वाचन प्रकृयाबाट उपभोक्ता समुहले पुर्णता पाएको छ ।

    अध्यक्ष पदको लागि विगत ३ कार्यकाल कोषाध्यक्ष (०६३ देखी ०६६ सम्म) र २ कार्यकाल सचिब (०६१ देखी ०६२ सम्म र ०७१ देखी हाल सम्म) जिम्मेवारी सम्हाल्दै आउनु भएको निरञ्जन ढुंगाना र बीगत ३ कार्यकाल अध्यक्ष (०५९ देखी ०६०, ०६१ देखी ०६२ र ०६३ देखी ०६४ सम्म) जिम्मेवारी सम्हाल्नु भएका दलवहादुर श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो ।

    दुई अध्यक्ष विच भएको प्रतिस्पर्धामा दलबहादुर श्रेष्ठले ३२० मत हासिल गरी निर्वाचित हुदै चौथो पटक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ, भने उहाँको प्रतिस्पर्धी निरञ्जन ढुंगानाले २५५ मत पाउनु भएको छ । कुल मत ६३१ रहेकोमा ५८१ मत खसेको थियो जसमा ६ मत बदर भएको थियो ।

    कार्तीक ६ गते सम्पन्न वनको साधारण सभाबाट उपभोक्ता समुहको अध्यक्ष पदको लागि सहमती जुट्न नसकेपछि भोजराज पन्तको संयोजकत्वमा निर्वाचन मण्डल गठन भएको थियो । जसमा सदस्यहरुमा झंकप्रसाद गौतम, बद्री प्रसाद ढुंगाना, रणवहादुर बोहरा र बाबुकाजी पराजुली रहनुभएको थियो । निर्वाचन मण्डलले सहमतिको लागि निकै प्रयास गर्दा सहमति हुन नसकेपछि निर्वाचन प्रकृयाबाट वन समुहलाई पुर्णता दिइएको थियो ।

    निर्वाचित अध्यक्ष दलबहादुर श्रेष्ठको अध्यक्षतामा गठित काजिको तथा धैरेनी सामुदायिक वन उपभोक्ता समुहमा उपाध्यक्ष लक्ष्मण बानियां, सचिव गिता तिवारी, कोषाध्यक्ष सोनाम लामा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सम्झना परियार, शुक्रमायां दनुवार, सरु श्रेष्ठ, बद्रीभुषण पराजुली, यादव दनुवार, मणिराम पौडेल, कालु पराजुली, दिपक कायस्थ र साईला दनुवार रहनु भएको छ ।

    निर्वाचन परिणामको घोषणा गर्दै पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले वन उपभोक्ता समुहलाई सफल कार्यकालको सुभकामना दिनु भएको थियो । त्यसगरी मतदानमा सहभागि मतदाताहरुलाई अनुसासित साथै सौहार्द तरिकाले मतदान कार्यमा सहभागि भएकोमा धन्यवाद व्यक्त गर्दै वन र मानव जिवन विच एक आपसमा सम्बन्ध भएकोले वनको संरक्षण गर्नु सवै उपभोक्ताहरुको दायित्व रहेको बताउनु भयो । निर्वाचित अध्यक्ष दलबहादुर श्रेष्ठले आफ्नो विगत बर्षहरुको अनुभवको आधारमा वनको संरक्षण गर्ने पतिबद्धता व्यक्त गर्नुभयो ।

    निर्वाचन मण्डलले अत्यन्त व्यवस्थित साथै सुरक्षीत तरिकाले निर्वाचन गराउन सफल भएको छ । मतदाताहरुले पनि अनुसासित ढंगबाट धाधलि रहित तरीकाले सम्यम रहेर निर्वाचन प्रक्रियामा सहभागि भएका थिए । निर्वाचन प्रक्रिया अत्यन्त नमुना ढंगको र अन्य निर्वाचनहरुमा पनि सोही तरीका अपनाउन योग्य रहेको मतदाताहरुको भनाई रहेको छ । निर्वाचनमा पराजित हुनुभएका निरञ्जन ढुंगानाको व्यवहारले सकारात्मक शंकेत दिदै पाठको रुपमा सावित भएको छ ।

    निर्वाचन परिणाम आउनासाथ पराजित ढुंगानाले निर्वाचित श्रेष्ठलाई टिका र खादाले सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । सो दृश्य अत्यन्त सकारात्मक साथै मार्ग निर्देशक रहेको विश्लेसकहरुको तर्क रहेको थियो । त्यसैगरी मतदान सकिनासाथ बन्द मतपेटीलाई अध्यक्षका उम्मेदबार द्वयले बोकेर मत गनना स्थल सम्म ल्याउने कार्यले पनि सकारात्मक शंकेत दिएको छ ।

    निर्वाचनका केही झलकहरु

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार