२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पाँचखालको विकासमा राजनीति मिसाउन पाइन्न-खरेल, प्रकृया नपुर्याई घोषणा गरेको मान्य हुदैन-कञ्चन


१००८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन २०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे, पाँचखाल । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखालको बिकासको लागि जुंगाको लडाई नहुनाले विकास निर्माण कार्यमा फड्को मार्न सफल भएको बताउनु भयो ।

    पाँचखाल नगरको गौरवको योजना पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना (सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिको) प्रथम साधारण सभा उद्घाटन गर्दै नगर प्रमुख खरेलले उक्त धारणा राख्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि खरेलले भन्नुभयो—पाँचखाल नगरमा खानेपानी ठुलो समस्या रहेकोले नगरवासीको समस्या समाधानको लागि कसैले पनि तेरो मेरो नभनिकन निरन्तर रुपमा अगाडी बड्नुपर्ने बताउनु भयो ।

    बिभिन्न बाधा अवरोधलाई चिर्दै दिनरात नभनी कुमार लामिछानेको अध्यक्षतामा वनेको उपभोक्ता समितिको टिम अगाडी बढ्दा आयोजना लागुहुन सफल भएको खरेलले बताउनु भयो । उहाँले थप्नुभयो आयोजना सफल गर्नको लागि उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकममा केही अपुग हुंदा नगरमा रहेका सहकारीहरुसंग नगरपालिकाले नेपाली कागजमा ल्याप्चे लगाएर ऋण लिएर भएपनि आयोजना सफल गराउने बिषयमा अगाडी बढेको हो ।

    आयोजना सफल गराउनको लागि मेयर क्लव खोलेर स्थानियहरुले सो मेयर क्लवमा रकम जम्मा गर्दा आयोजनाको काम सुरुगर्न थप सहज भएको बताउनु भयो । पाँचखालको विकासको नाममा कसैले पनि राजनीति मिसाउन पाइन्न, खानेपानीको नाउमा कसैले राजनीति गर्न खोज्दछ भने नगरवासिहरुले नसहने खरेलले बताउनु भयो । पाँचखालले ईतिहास निर्माण गर्दै गरेकोले त्यस्तो गौरवको महान कार्यमा राजनीति मिसाउनु राम्रो नभएको बताउनु भयो ।

    “जनताको पानी जनताकै लगानी” भन्ने मुलनाराका साथमा अगाडी बढेको पाँचखाल बृहत खानेपानी आयोजनाको प्रथम साधारण सभामा उपभोक्ताहरुको उपस्थितिले पनि पाँचखालमा खानेपानीको समस्या कति धेरै रहेछ भन्ने दर्साउंछ । ठुलो संख्यामा उपस्थिति भएका उपभोक्ताहरुले धैर्यका साथ आयोजनाको बारेमा जानकारी राखेका थिए ।

    सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेको सभाधेक्षतामा सम्पन्न प्रथम साधारण सभामा सल्लाहकार त्रय जनार्जन नेपाल, दामोदर अधिकारी, विष्णुमणी अधिकारी, शिक्षक महांसंघ पाँचखालका संयोजक केशब प्रसाद काफ्ले, सामुदायिक सहकारीका सचिव मुकुन्द शर्मा, पाँचखाल सहकारी संजाल संयोजक विद्यालक्ष्मी देउजा, पाँचखाल नगरका वडा अध्यक्षहरु हरिराम खतिवडा, शंजय तामाङ, किरण श्रेष्ठ, नेकपाका युवा नेता कंञ्चन अधिकारी, नेपालि कांगे्रस पाँचखाल नगर सभापति गणेश अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य उपभोक्ता समितिका उपाध्यक्ष रविन्द्र सिपखानले गर्नुभएको थियो ।

    सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका सचिव मणि गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा आयोजनाले हाल सम्म गरेको उपलब्धी, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा आयोजना सफल पार्नको लागि अथक योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो ।
    पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना (सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिको) प्रथम साधारण सभा बाट पुरानै कार्यसमितिलाई निरन्तरता दिने निर्णय भएको छ ।

    जुन निर्णलाई धेरैले समर्थन जनाएपनि कतिपय उपभोक्ताहरुले विरोध जनाएका छन् । साधारण सभामा निर्वाचन मण्डल गठन नभएको, सहमतिय आधारमा छलफल गरी उपभोक्ता समिति गठन गर्ने वातावरण नवनाइएको, साधारण सभामा अपनाउनु पर्ने प्रकृयाहरु कुनै पुरा नगरी पुरानो उपभोक्ता समितिको कार्यकाल सकिएको समेत जानकारी नगराई पुरानै समितिलाई निरन्तरताको घोषणा गरेको साथै सवै पार्टीलाई उपभोक्ता समितिमा समावेस नगराएको भन्दै नेकपाका युवा नेता कंञ्चन अधिकारी लगाएतले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार