२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

पत्रकार महासंघमा पोखरेलको प्यानल निर्वाचित, काभे्रलीको सुन्य सहभागिता (मत परिणाम सहित)


२९०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र २८, शनिबार मा प्रकाशित ३ साल अघि
  • २८ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

    शनिबार सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् ।

    एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघसहित ९ वटा संघको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले ३ हजार ९१५ मत पाएकी छन् । अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले ४९१ मत पाएका छन् ।

    पदाधिकारीमा विपुलकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सृजना अर्याल र समावेशी सचिवमा नारायण किलम्बु र एशोसिएट सचिवमा पवन आचार्य निर्वाचित हुँदा कलेन्द्र सेजुवाल कोषध्यक्ष र लेखनाथ न्यौपाने लेखा समिति संयोजक चुनिएका छन् ।

    महासंघमा ओली समूह निकट प्रेस चौतारीको एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।

    काभे्रबाट केन्द्रिय निर्वाचनमा चार जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्य सहकार्यलाई सहजताको लागि केन्द्रिय सदस्य खुल्लामा उम्मेदवारी दिनु भएका बसन्तकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । सहकार्यलाई थप टेवा पुर्याउने उद्देस्यले उम्मेदवारी फिर्ता लिने समय सकिएपनि आन्तरिक सहमतिको आधारमा लेखा समिति सदस्यमा उम्मेदवारी दिएका नारायण सापकोटा पछि हटेका थिए ।
    काभेरेली माधव दुलालले केन्द्रिय कोषाध्यक्षमा उम्मेदवारी दिएर अगि बढेपनि धेरै मत अन्तरमा पराजित भएका छन् । जसमा कोषाध्यक्षमा निर्वाचित कलेन्द्र सेजुवालले ५३७६ मत प्राप्त गरेका थिए भने दुलालले जम्मा १००८ मत मात्रैमा चित्त बुझाउनु पर्यो । लेखा समिति सदस्यका उम्मेदवार नारायण सापकोटाको सहमतिकै आधारमा प्यानल लिस्टबाट नाम हटाएपनि १२९९ मत प्राप्त गरेका छन् । त्यसैगरी केन्द्रिय सदस्य (बागमती) मा उम्मेदवारी दर्ता गराउने रमा दाहाले ४४० मत हासिल गरी पराजय व्यहोर्नु परेको छ ।

    कसले कति मत पाए ?

    पद उम्मेदवार गठबन्धन मत परिणम
    अध्यक्ष विपुल पोखरेल युनियन-संगठनसहित ११ संघ ६९४२ विजयी
    निर्मला शर्मा चौतारी (ओली समूह) सहित ९ संघ ३९१५
    गजेन्द्र बुढाथोकी ४९१
    रामप्रसाद दाहाल १५६
    वरिष्ठउपाध्यक्ष

     

     

    रमेश विष्ट युनियन-संगठनसहित ११ संघ ६७४१ विजयी
    माधव नेपाल चौतारी (ओली समूह) सहित ९ संघ ३७८१
    रामजी दाहाल ६०५
    उपाध्यक्ष- महिला

     

    बाला अधिकारी युनियन-संगठनसहित ११ संघ ७२२६ विजयी
    दाना के.सी. (सुवेदी) चौतारी (ओली समूह) सहित ९ संघ ३५२८
    उपाध्यक्ष-समावेशी

     

     

    उदय जीएम युनियन-संगठनसहित ११ संघ ६११७ विजयी
    अवधेश झा चौतारी (ओली समूह)सहित ९ संघ ३५६१
    मोहनकुमार सिंह ९८१
    महासचिव

     

     

    रोशन पुरी युनियन-संगठनसहित ११ संघ ६२४२ विजयी
    बालकृष्ण बस्नेत चौतारी (ओली समूह) सहित ९ संघ ३८६०
    सुबोध गौतम ८९९
    सचिव खुला

     

     

     

    गोविन्द चौलागाई युनियन-संगठनसहित ११ संघ ६१७१ विजयी
    रामकृष्ण ज्ञवाली चौतारी (ओली समूह) सहित ९ संघ ३०२१
    जन्मदेव जैसी ११२७
    यम विरही ७५७
    सचिव- महिला

     

    सृजना अर्याल युनियन-संगठनसहित ११ संघ ६५८० विजयी
    निमा काफ्ले चौतारी (ओली समूह) सहित ९ संघ ४०८९
    सचिव (आदिवासी जनजाति)

     

     

    नारायण सुन्दर किलम्बु युनियन-संगठनसहित ११ संघ ६३०० विजयी
    रामकुमार श्रेष्ठ चौतारी (ओली समूह) सहित ९ संघ १११३
    शाहीमान राई ३२८९
    सचिव (मधेशी)

     

     

    दीपेन्द्र चौहान युनियन-संगठनसहित ११ संघ ५६९६ विजयी
    स्वेता सिन्हा चौतारी (ओली समूह) सहित ९ संघ ४४६१
    देवकुमार यादव ६४७
    सचिव (दलित)

     

    हेमकर्ण वि.क युनियन-संगठनसहित ११ संघ ५९५८ विजयी
    मधु शाही चौतारी (ओली समूह) सहित ९ संघ ४६४६
    सचिव (एसोसिएट)

     

     

     

     

    पवन आचार्य युनियन-संगठनसहित ११ संघ ५७३५ विजयी
    रामेश्वर कार्की चौतारी (ओली समूह) सहित ९ संघ २८००
    केशवराज खनाल ५८०
    राधेश्याम दाहाल ३४९
    विजय देवकोटा २५७
    कोषाध्यक्ष

     

     

     

    कलेन्द्र सेजुवाल युनियन-संगठनसहित ११ संघ ५६७८ विजयी
    कृष्ण गिरी चौतारी (ओली समूह) सहित ९ संघ ३२७८
    माधव दुलाल १००८
    प्रकाश थापा ६१८
    लेखा समिति संयोजक लेखनाथ न्यौपाने युनियन-संगठनसहित ११ संघ ५६८८ विजयी
    द्धारिका काफ्ले चौतारी (ओली समूह) सहित ९ संघ ३१९१
    लक्ष्मण कार्की १७१४

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार