२०८१ भाद्र २८, शुक्रबार | Fri, 13, Sep, 2024

मण्डनदेउपुरमा कोरोना नियन्त्रणको अभियान


२८९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । विश्वमा महांमारीको रुपमा फैलदै गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने कार्यका लागि मण्डनदेउपुर नगरले अभियानको रुपमा अगाडी बढाएको छ ।
    नगरपालिकाले नगरवासिहरुमा संक्रमण फैलन नदिनको लागि टोलटोलमा बिभिन्न माध्यमहरुबाट सचेत रहन आग्रह गरेको छ । नगरले व्यवस्थित सुबिधा सम्पन्न आईसोलेसन कक्षको व्यवस्था गरी संक्रमितहरुलाई सुरक्षीत तरिकाले उपचारको व्यवस्था मिलाएको छ ।
    महामारीलाई नियन्त्रण गर्ने सम्बन्धमा नगर प्रमुख टोकवहादुर वाईवाले भन्नुभयो—नगरवासिको कुनैपनि समस्यालाई समाधान गर्नु हाम्रो दायित्व हो, हामी संक्रमण फैलन नदिनको लागि दत्तचित्तका साथ अगाडी बढेका छौं । यो महांमारीमा पहिलो प्राथमिकता संक्रमण फैलन नदिनको लागि अभियानकै रुपमा लिएर अगाडी बढेका छौं । नगरका सम्पुर्ण जनप्रतिनिधि साथै नगरका कर्मचारीहरु र नगरवासिहरु दत्तचित्का साथ अगाडी बढेको छ , जसको कारण संक्रमण धेरै पैलन पाएको छैन ।
    महांमारीलाई नियन्त्रण गर्ने सम्बन्धमा नगरका प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने भन्नुभयो—संक्रमण फैलन नदिनको लागि अत्यन्तै सावधानि अपनाएका छौं । लक्षण देखिएका नगरवासिहरुको पिसिआर गर्नको लागि तालिमप्राप्त स्वास्थ्यकर्मीहरुको व्यवस्था गरेका छौं । नगरले स्वाथ्यकर्मीहरुलाई ल्याव सम्बन्धि तालिम दिएको छ, उहांहरुमार्फत शुरक्षीत तरिकाले पिसिआर परिक्षण गरीन्छ । पिसिआर परिक्षण गर्दा संक्रमण फैलिन नदिनको लागि स्वास्थ्य मापदण्ड अपनाएका छौं ।


    प्रमुख प्रशासकिय अधिकृत न्यौपाने थप्नुभयो—नगरवासिहरुको पिसिआर परिक्षणको लागि गैर सरकारी संस्थाहरुले चाहना गरेको भन्ने सुन्न आएको छ । आधिकारीक रुपमा नगरमा कुनै पत्र आएको छैन, तर स्वास्थ्य मापदण्ड पुर्ण नगरी, तालिम प्राप्त स्वास्थ्यकर्मी बाहेकलाई नगरवासिहरुको पिसिआर गर्न दिइन्न । लक्षण देखिएका नगरवासिहरुको दक्ष, तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट नगरकै तर्फबाट शुरक्षीत तरिकाले निरन्तर रुपमा पिसिआर गरीरहेका छौ । पिसिआर गर्दा बस्तिबाट टाडा, शुरक्षीत स्थानमा केन्द्र तोकोका छौं ।
    नगरमा गैर सरकारी संस्थाले पिसिआर परिक्षणको बिषयलाई लिएर अनावस्यक हल्ला पिटाएको साथै कोरोना संक्रमणको बिषयलाई लिएर नगरका प्रबक्ता एवं वडा नं ६ का वडा अध्यक्ष डिल्लि प्रसाद आचार्यको हस्ताक्षरित अपिलमा उल्लेख भएको छ—नगरपालिका अहोरात्र क्रियाशील रहेको व्यहोरा विदितै छ । यसै सन्दर्भमा यस नगरपालिकालाई दोष देखाइ सामाजिक सञ्जाल लगायतका मिडियाहरुमा नगरपालिकाले केहि गरेन र स्वाब संकलन निःशुल्क रुपमा गर्नका लागि सिफारिस दिएन भनी भ्रमपूर्ण एवं अनर्गल प्रचार प्रसार गरिएको विषयप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। स्वाब संकलन गर्ने कार्य कुनै खेलाची होइन, यो मानव स्वास्थ्यसँग जोडिएको विषय हो।


    बिनाकुनै पूर्वाधार, ल्याब सञ्चालन नै नभएका, ल्याब सञ्चालनको स्वीकृति, अनुमती नै नलिएका, ल्याब टेक्निसियन बेगर नै आम मानव स्वास्थ्य माथि खेलबाड हुने गरी प्रशुती केन्द्र जस्तो संवेदनशील स्थानमा सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य जोखिमलाई समेत ध्यान नदिई क्षणिक लोकप्रियताका लागि कोरोना संक्रमण परिक्षणका लागि स्वाब संकलन गर्न खोज्नु अझ घातक हुने कुरा सबैमा जानकारी गराउँदछौँ। कुनै पनि व्यक्ति तथा संघ–संस्थाले यस किसिमको सेवा दिन निश्चित मापदण्ड पूरा गरेको हुनुपर्छ। नगरपालिकाले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर नियमित रुपमा प्रत्येक दिन १२ वटै वडाका सरदर २५ देखि ३० जना शंकास्पद संक्रमित व्यक्ति, लक्षण देखिएका र संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलनको व्यवस्था गरी निरन्तर निःशुल्क परिक्षण साथै स्वाब परिक्षणका लागि आउन जान समेत घ वटा एम्बुलेन्स मार्फत निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेकै छ। नागरिकको स्वास्थ्य सुरक्षा प्रति नगरपालिका गम्भिर छ र नगरपालिकाले २०७६ साल चैत्रदेखि नै क्वारेन्टाइन र आइसोलेसन नियमित रुपमा संचालन गर्दै आएको छ। क्वारेन्टाइन र आइसोलेसन स्थापना देखि नै विदेशबाट तथा संक्रमित क्षेत्रबाट फर्केका व्यक्तिहरुलाई यातायातको व्यवस्था गरेर नगरपालिकाले निरन्तर रुपमा संचालित क्वारेन्टाइन र आइसोलेसनमा हाल सम्म १९४जना क्वारेन्टाइन र १४ जना आइसोलेसन राखिएको साथै ८६८ जनाको स्वाब संकलन तथा परिक्षण गरिसकेको छ। हाल समेत नगरपालिकाले महादेव प्रा.वि., डुम्रीडाँडा र डेडीथुम्का क्याम्पसको छात्राबास गरी २ स्थानमा अक्सिजन सहितको ५० शैयाको आइसोलेसन संचालन गरिरहेको र २५ शैया थप गरेर ७५ शैया बनाउने गरी काम गरिरहेको छ। यस गम्भिर अवस्थामा नगरपालिका क्षेत्र बाहिर रहि वास्तविक वस्तुस्थिति नबुझी अनर्गल प्रचारप्रसार गरिनु निन्दनीय कार्य हो। राज्यका सबै अंगहरु विधि, प्रक्रिया र कानुन सम्मत ढंगले मात्र चल्ने व्यहोरा सबैमा जानकारी गराँउदछौँ। यस किसिमका भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न नगराउन र मानव स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र प्रति जिम्मेवार भई अनावश्यक राजनीति नगर्न समेत सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै यस किसिमका भ्रमपूर्ण समाचारका पछि नलाग्न सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने नगरबासी दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछौँ। परिक्षणको दायरालाई अझ विस्तार गरी नगरपालिकाको केन्द्रबाट टाढा रहेका क्षेत्रहरु लक्षित गरी वडा न २ को बालुवापाटी र वडा नं. १० र १२ को सिमाना क्षेत्रमा उपयुक्त स्थान छनौट गरी स्वाब संकलन घुम्ती सेवा संचालन गर्ने तयारी गरिएको व्यहोरा समेत जानकारी गराँउदै नागरिकहरुको स्वास्थ्य सुरक्षामा नगरपालिकाको सदैव साथ रहने व्यहोरा समेत अनुरोध गर्दछौँ। भनि उल्लेख भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार