२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विद्युत प्राधिकरणको लापर्वाहीले गर्दा पन्तको गयो ज्यान, शवलाई पाँचखाल विद्युत प्रधिकरणको कार्यालयमा ल्याउने तयारी


४५४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १४, सोमबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे,चौरीदेउराली । नेपाल विद्युत प्राधिकरण पाँचखाल शाखाको लापर्वाहिले गर्दा चौरीदेउराली गाउंपालिका वडा नं ८ विर्तादेउरालीका ६१ बर्षिय रामचन्द्र पन्तको ज्यान गएको छ ।
    चौरीदेउराली गाउंपालिका अध्यक्ष दिनानाथ गौतमका अनुसार नेपाल विद्युत प्राधिकरण पाँचखाल शाखाले ११ हजार के.भी लाइन जमीनबाट ३ फीट माथीनै छाडेर लापर्वाही गर्दा पन्तको ज्यान गएको बताउनु भयो ।
    अध्यक्ष गौतमले थप्नुभयो केही समय अगाडी पनि ११ बर्षीय बालिकाको करेन्ट लागेरै हात काट्नु परेको थियो । गाउंपालिकाको बिभिन्न ३० स्थानमा जमिनबाट ३—४ फिट माथीनै तार रहेको छ । पटक पटक प्राधिकरणलाई जानकारी गराउदा वास्ता नगर्दा बर्षदिन भित्रै दुई घटना घटेको छ ।
    हिजो (आईतबार) मृतक पन्त पाखामा बाख्रा चराउंदै घाँस काट्दै गरीरहेको अवस्थामा चुम्बकले फलाम तानेझै पन्तलाई करेन्ट प्रवाह हुदै गरेको तारले तानेको थियो । ११ हजार के.भीको तारमा टासिएका पन्तको मृत्यु भएपछि जमिनमा खसेको अध्यक्ष गौतमले जानकारी गराउनु भयो । मध्यमार्ग लोकमार्ग सडक निर्माणको क्रममा भएको सहमति अनुसार ३० वटा पोल फेर्नुपर्ने सहमति भएको लामो समय हुंदा पनि सहमति अनुसार हाईड्रेसन लाईनको पोल सार्ने बिषयमा चासो नदेखाएपछि गाउंपालिकाको तर्फबाट पटक पटक अनुरोध गर्दा पनि वास्ता नगर्दा घटना एक पछि अर्को भएको अध्यक्ष गौतमले बताउनु भयो ।
    स्थानियहरु साथै पिडित परिवारले शवको पोस्मार्टम सकिएपछि मृतक पन्तको शवलाई विद्युत प्राधिकरण पाँचखाल शाखाको कार्यालय कक्षमा ल्याएर राख्ने जानकारी गराएका छन् । स्थानियहरु भन्नुहुन्छ—प्राधिकरणको लापर्वाहीले गर्दा पहिलापनि घटना घट्यो, हाल पुन दोहोरीयो यस्तो अवस्थामा स्थानियको अनुरोधलाई वास्ता नगर्दा पुन घटना हुन सक्ने खतरालाई मध्यनजर राख्दै माग पुरा नभए सम्मका लागि मृतक पन्तको शवलाई प्राधिकरणमै राखेर धर्ना दिने जानकारी गराउनु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार