नेकपा एमाले (नेपाल समूह) को धुलिखेल नगर भेला सम्मपन्न भएको छ । पार्टी एकताको पहल भइरहेको बेला काभ्रेमा दुवै समूहले भेला गर्ने क्रममा नेपाल समूहले नगरको भेला सम्पन्न गरेको हो ।
भेलाले पार्टी संगठनका साथै विभिन्न जनवर्गीय संगठनहरु समेत गठन गरेको छ । सोही अनुसार पार्टी नगर अध्यक्षमा दया सागर श्रेष्ठ निर्वाचित भएको छ । श्रेष्ठको अध्यक्षतामा १ सय सदस्य रहने गरी कमिटि गठन गरेको आयोजकले जनाएको छ ।
त्यसैगरी शैलेन्द्र पराजुलीको अध्यक्षतामा ३५ सदस्यीय युबा संघ नेपाल, गोविन्द कुईकेलका नेतृत्वमा ३५ सदस्यीय अनेरोस्ववियू, सानु भाई विकको नेतृत्वमा नेपाल उत्पिडित जातिय मुक्ति समाज, आत्माराम पोखरेलको नेतृत्वमा अखिल नेपाल किसान संघ, गंगा भट्टराईको नेतृत्वमा अखिल नेपाल महिला संघ गठन गरेको छ ।
संविधान सभा सदस्य तथा एमाले नेता विदुर सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष टोक बहादुर वाईबा, प्रदेश सभा सदस्यद्वय बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल, एमाले जिल्ला सचिव दिपक गौतम, युवा संघ नेपालका केन्द्रिय सचिव भेषराज शाह, अनेरास्वबियु जिल्ला अध्यक्ष बदन भण्डारी, अनेम संघ अध्यक्ष पासाङ लामा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस