२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मण्ढनदेउपुर नेकपा एकिृत समाजबादीे मय, जोगिएन पूर्वमन्त्री गोकुल बाँस्कोटाका वडा पनि


४१६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २१, सोमबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    २१ भदौ, काभ्रे । नेकपा एमाले पार्टी फुटको असरले काभ्रेमा ठुलै हलचल मच्चाएको छ । आज निर्वाचन कार्यालय काभ्रेमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्न जाने जनप्रतीनिधिको लावा लस्करलाई नेकपा एमालेले मात्रै नभई जिल्लामा रहेका अन्य दलहरुले समेत नियाली रहेका थिए ।

    आज एकै दिनमा सनाखत गर्न नभ्याउने भएपछि भोलीको लागि पनि लस्कर लाग्ने तयारी हुंदै गरेको जानकारी प्राप्त भएको छ । काभ्रेमा रहेका अन्य दलहरुका साथै जिल्लावासिहरुको ध्यान नेकपा (एकीकृत समाजवादी) मा कति आए भन्दापनि नेकपा एमालेका चर्चित नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटा निर्वाचित क्षेत्र साथै बाँस्कोटाको नगरपालिकाबाट के—कती उपस्थित हुन्छन् भन्ने चासोको बिषय बनेको थियो ।

    काभ्रे क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका बाँस्कोटाका क्षेत्रका दुवै प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) तिर आबद्ध भएका छन् । काभ्रे–२ (क) बाट निर्वाचित लक्ष्मण लम्साल र (ख) बाट निर्वाचित बसुन्धरा हुमागाईं (एस) पार्टीमा आवद्ध भएपछि बाँस्कोटाको नेतृत्व सम्हाल्न असक्षम रहेको भन्दै निकै चर्चा चलेको थियो । सो चर्चा सेलाउन नपाउंदै निर्वाचन कार्यालय काभ्रेमा सनाखत गराउन पुगेका जनप्रतीनिधिहरुका कारण बाँस्कोटाको नगरपालिका (मण्डनदेउपुर) नेकपा (एकीकृत समाजवादी) मय हुन पुगेको छ ।

    १२ वटा वडा रहेको मण्डनदेउपुरमा स्थानिय निर्वाचनमा मेयर, उपमेयर सहित ८ वटा वडामा निर्वाचित हुन सफल भएका थिए भने नेपाली काँगे्रस ४ वटा वडामा चित्त बुझाएको थियो, तर नेकपा माओवादीले कुनै पनि सिट जित्न सफल भएको थिएन । नेकपा एमालेले मेएर, उपमेयर सहित १२ वडा मध्य ८ वटा वडा अध्यक्ष र ६२ सदस्य मध्य ४५ सदस्य निर्वाचित हुन सफल भएको थियो । त्यति ठुलो संख्यामा निर्वाचित एमाले पार्टी फुट पछिको अवस्थामा उपमेयर (निर्मला शाही) सहित दुई वडा अध्यक्ष (झलक प्रसाद पौडेल र जितबहादुर तामाङ) र १९ सदस्यमा चित्त बुझाउनु पर्ने अवस्थामा रहेको छ ।

    आज (सोमबार) निर्वाचन कार्यालय काभ्रेमा सनाखत गर्न जानेहरु मध्यका मण्डनदेउपुर नगरपालिकाबाट नगर प्रमुख (मेयर) टोकबहादुर वाईवा सहित ५ जना वडा अध्यक्षहरु (लक्ष्मण बस्ताकोटी वडा नं १, दिलवहादुर तामाङ वडा नं ३,डिल्लि प्रसाद आचार्य वडा नं ६, नारायण प्रसाद लम्साल वडा नं ७, माधब प्रसाद न्यौपाने वडा नं ११) रहेका छन् । गोकुल बाँस्कोटाको वडाका वडा (वडा नं ४) अध्यक्ष भुवण प्रसाद बजगाईले आज सनाखत गर्न नभ्याएकोले भोली गरिने जानकारी प्राप्त भएको छ । त्यसैगरी वडा सदस्यहरुमा एमालेको तर्फबाट निर्वाचित ४५ मध्य २६ जना नेकपा (एकीकृत समाजवादी) पार्टीमा आवद्ध हुने वडा नं ११ का वडा अध्यक्ष माधव प्रसाद न्यौपानेले जानकारी गराउनु भयो ।

    निर्वाचित जनप्रतीनिधिहरुले निर्वाचन कार्यालयमा गराएको सनाखतको अवस्थालाई नियाल्दा पूर्वमन्त्री बाँस्कोटाका रहेका वडा अध्यक्ष समेत नयाँ पार्टीतिर आबद्ध भएका छन् । निकै चर्चामा रहेका बाँस्कोटाको नगरपालिका साथै बाँस्कोटाको आफ्नै वडाका नजप्रतीनिधि समेत नेकपा (एस) पार्टीमा आवद्ध हुंदा पुर्व मन्त्रि बाँस्कोटा असफल भएको प्रस्टिएको छ । त्यतिमात्रै नभएर एमालेका चर्चित नेता पुर्व सांसद विदुर सापकोटा र कृष्ण प्रसाद सापकोटा समेत नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध भएका छन् ।

    त्यसैगरी पाँचखाल नगरपालिकाबाट वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, वडा नं १ का वडा सदस्य धनबहादुर तमाङ, वडा नं १ का वडा सदस्य गंगा मायाँ दाहाल र वडा नं २ का वडा सदस्य कृष्ण वहादुर श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध भएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार