२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा संचालीत उद्योगमा चार हजारलाई रोजगारी, नगरमा राजश्व ७० लाख


३३०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ७, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा संचालन भएको ७ उद्योगमा ४ हजारले रोजगारी पाएका छन् । जस्ले गर्दा केही हदमा भएनि बेरोजगार समस्या समाधान भएको छ ।

    आन्तरीक स्रोतको कमी भएको पाँचखाल नगरमा सो ७ इट्टा उद्योगहरुले बार्षिक रुपमा ७० लाख राजश्व बुझाउने गरेका छन् । जसका कारण नगरको आन्तरिक स्रोतमा थप टेवा मिलेको छ । नगरमा अन्य बिभिन्न उद्योगहरु समेत संचालन गर्ने बिषयमा नगरले योजनाहरु अगाडी बढाएको छ । पाँचखाल नगरमा सेज साथै अन्य उद्योगहरु सञ्चालन गरी ८ हजार जनालाई रोजगारी दिने लक्ष लिईएको छ ।

    नगरवासिहरुको हित साथै वेरोजगार युवाहरुलाई रोजगारी दिने नगरको योजनाले गर्दा आन्तरिक आयस्रोतको समेत वृद्धि हुने छ । कृषि नगरीको रुपमा परिचित नगरमा कृषि पेशालाई टेवा मिल्ने ढंगको उद्योगहरु संचालनको बिषयमा नगरका जनप्रतीनिधिहरु निरन्तर रुपमा अगाडी बढिरहेका छन् । त्यसैगरी आधा आकाश आधा धर्ती ओगट्ने महिलाहरुलाई सक्षम बनाउने कार्यको लागि महिलाहरुलाई समेत सहज ढंगबाट समेट्ने उद्योगको परिकल्पना गरिएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ७,८,९,र १२ मा संञ्चालन भएको ७ इट्टा भट्टामा ४ हजार मजदुरले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । सो उद्योगका कारण उद्योगको क्षेत्रमा बार्षिक रुपमा १८ करोडको (उद्योगमा रहने मजदुरहरुको लागि आवस्यक पर्ने) खाद्यान्न व्यापार हुने गरेको छ । जस्ले गर्दा सो क्षेत्रमा व्यापारीक केन्द्रको रुपमा बिकास भएको छ ।

    सिंचाईको कमिले गर्दा कृषि उत्पादन कम हुने उक्त क्षेत्रका जग्गाहरु प्रतीरोपनि १५ हजारका दरले भाडामा लाग्ने गर्दा भाडामा जग्गा उपलब्ध गराउने जग्गा धनिहरुका लागि उद्योगले राम्रो फाईदा पुर्याएको छ । उद्योगले करिब १ हजार २ सय रोपनि जग्गा भाडामा लिदा आसपासका अन्य जग्गाहरुका लागि सिंचाई गर्न केही सहज भएको छ । उद्योगका कारण उद्योगको आसपासका क्षेत्रमा रहेका घरहरु भाडामा लाग्नाले गर्दा घरवालाहरुका लागि समेत फाईदा भएको छ ।

    पाँचखालको गौरबको रुपमा रहेको सेजको आसपासमा रहेको ति सात उद्योगहरुले गर्दा सो क्षेत्र औद्योगिक क्षेत्रको रुपमा परिचित हुदै छ । औद्योगिक क्षेत्रको रुपमा अगाडी बढ्दै गएको सो स्थानमा अन्यत्रबाट बसाई सराई आउनेको चाप भएकोले वजारीकरण हुदैछ । बिगत एक दशक अगाडीको अवस्थामा फाट्ट फुट्ट पातलो वस्ति, वाँझो जमिन, फुङ्ङ उडेको सुख्खा जमिनहरुमा उत्पादन नहुने साथै यातायात तथा बजारको सुबिधा नभएकोले जग्गाहरुमा फलफुलका बिरुवा रोपिदिएर अन्यत्र बसाई हिड्नेको संख्याको लर्को ठुलै थियो ।

    दश बर्षकै अन्तरालमा आमुल परिवर्तन भयो उद्योगले गर्दा । बिगतमा काम नलागने ठाउको रुपमा परिचित खटार हाल आएर नगरकै छुट्टै पहिचानको रुपमा परिचित हुन पुगेको छ । विगतमा जग्गा बेच्न खोज्दा नबिकने सो स्थानमा हाल आएर चाहेर पनि जग्गा खरिद गर्न नपाउने अवस्था आएको छ । यसरी आमुल परिवर्तन हुनुको प्रमुख कारण सो स्थानमा भएको ७ वटा इट्टा भट्टा नै प्रमाणित भएको छ ।

    भट्टाहरुको सुरुवातिको समयमा वातावरण मैत्रि ढंगले संञ्चालन नहुंदा समस्या आएको थियो । भट्टाहरुले गर्दा वातावरणमा असर पुगेको जस्ले गर्दा बिभिन्न प्रकारका खेतिमा साथै फलफुलका बोट विरुवामा समेत असर भएको भन्दै ततकाल वातावरण मैत्रि ढंगबाट उद्योग संञ्चालन गर्नु पर्ने माग राख्दै स्थानियहरु आन्दोलनमा उत्रिएका एि । स्थानियहरुको मागको बिषयमा मध्यनजर राख्दै पाँचखाल नगरपालिकाले वातावरण संरक्षणको लागि वातावरण मैत्रि ढंगबाट उदोग संचालन गराउनको लागि उद्योगिहरुलाई दिएको सुझावको आधारमा हाल आएर वातावरण मैत्रि ढंगबाट उद्योगहरु संचालन भएका छन् ।

    विगतमा उद्योगहरुबाट निस्कने कालो धुवाँको मुस्लो हाल आएर सेतोमा परिणत भएको छ । विगतमा तरकारी खेती, खाद्यान्न साथै फलफुलमा पुर्याएको असर हाल आएर नभएको पाइन्छ । स्थानियहरुले वातावरण मैत्रि हुनुपर्ने माग राख्दै गर्दा पनि उद्योगहरु विस्थापित हुनुपर्ने भनने पक्षमा थिएनन् तर वातावरण मैत्रि हुन नसके मानव स्वास्थ्य भनदा ठुलो उद्योग नभएकोले उद्योगलाई भन्दा मानव स्वास्थ्यलाई प्राथमिकता दिनु स्वभाविकै हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार