२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल नगर सभापतिको जिम्मेवारी संजयलाई, सहमतिकै आधारमा कांग्रेस अधिवेशन सम्पन्न


२८६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ९, शनिबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    ९ असोज,काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा आज सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन सहमतिको आधारमा सम्पन्न भएको छ ।

    आज (शनिबार) सम्पन्न अधिवेशनबाट पाँचखाल वडा नं ८ का वडा अध्यक्ष एवं पाँचखाल नगरपालिकाका प्रवक्ता संजय तामाङ नगर सभापतिमा चयन हुनुभएको छ । त्यसैगरी उपशभापति द्वयमा सानु वहादुर तमाङ र अचुतराज उप्रेती , सचिव द्वयमा पुरुषोत्तम लुईटेल र सुनिल लुइटेल, सह—सचिव द्वयमा रमण अधिकारी र नारायण व्लोन रहनु भएको छ ।

    सहमतीय आधारमा अधिवेशन सम्पन्न भएपछि सभापतिका उम्मेदवारको रुपमा रहनु भएका पाँचखाल नगरका नि—बर्तमान सभापति गणेश अधिकारीले भन्नुभयो—पाँचखालमा कांगे्रसको अवस्था कमजोर हुदादेखि आफुले संगठन बिस्तार गर्दै जाने क्रममा संगठनको अवस्था राम्रो भई नगरको निर्वाचनमा मेयर, उप—मेयर लगाएत ६ वटा वडामा वडा अध्यक्ष निर्वाचन गराउन सफल भएको बताउनु भयो । उहाँले थप्नुभयो आगामी दिनमा पाँचखाल नगरलाई नेपालि कांगे्रस मय बनाउने बिषयमा संजय तामाङले आफु समक्ष प्रतिबद्धता व्यक्त गरेकोले पार्टीको हितको लागि आफुले त्याग गरेको बताउनु भयो । पार्टीको हितको लागि निरन्तर रुपमा अगाडी बढ्दै आएकोले पार्टीमा अझ व्यवस्थित साथै आगामि निर्वाचनमा चौतर्फीरुपमा कांगे्रसको जित सुनिस्चितताको लागि पार्टीमा थप एक ढिक्का बनाउन आफुले संजय तमाङलाई सभापति बन्नको लागि सहमत दिदै उम्मेदवारी फिर्ता गरेको बताउनु भयो ।

    नगर समिति घोषणा कार्यक्रममा पाँचखाल नगरका मेयर महेश खरेलले भन्नुभयो—पाँचखाल कांगे्रसले जे चाहेको थियो सोही ढंगले सहमति भएको बताउनु भयो । पाँचखाल नगरका युवा कांगे्रसीहरुको चाहना गणेश अधिकारीले बुझ्दै सहमतिको आधारमा अगाडी बढेकोमा धन्यबाद व्यक्त गर्नुभयो । पाँचखाल नगरको सम्पन्न अधिवेशनले आगामि दिनमा पाँचखाल नगर कांग्रेसमय हुने सुनिष्चित रहेको बताउनु भयो । पार्टीमा जव—जव संकट पर्छ तव तव पार्टीका सक्रिय युवाहरुको अहम भुमिकाले सहता पाउंछ, सोही अनुसार कुनैपनि पदमा नरहेका युवाहरुको साथ सहयोगले सहमतिय आधारमा अधिवेशन सम्पन्न गर्न सफल भएको बताउनु भयो ।

    घोषणा कार्यक्रममा नेपाली कांगे्रसका युवा नेता शुन्दरमणि आचार्य भन्नुभयो—पाँचखालका सम्पुर्ण कांग्रेसमा आवद्ध रहनुभएका हाम्रा मार्गनिर्देशकहरुको चाहना किक्ता काट भएर मत हाल्ने नभएकोले सोही अनुसारको वोल्ड निर्णय भएको छ । यो निर्णयले कांग्रेसलाई थप मजवुत बनाउन सफल भएको बताउनु भयो । आगामि १८ महिना भित्र तिन तहको निर्वाचन हुन्छ, आजको सहमतिले सो तिनै तहको निर्वाचनमा कांगे्रसको जित सुनिष्चित पारेको बताउनु भयो । नेपाली कांग्रेस पार्टीलाई केन्द्र विन्दुमा राखेर सहमती गरेको जुन कार्य पार्टीको लागि सकारात्मक भएको बताउनु भयो ।

    सहमतिय आधारमा पाँचखाल नगर सभापतिको जिम्मेवारी सम्हाल्नु भएका नव निर्वाचित नगर सभापति संजय तामाङले भन्नुभयो—पाँचखाल नगरमा नेपाली कांग्रेस पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानिय निर्वाचन लगाएत तिनै तहको निर्वाचनलाई कांग्रेसी मय बनाउनको लागि गणेस अधिकारी गरेको त्याग साथै सम्पुर्ण  साथीहरुको चाहनालाई पुर्ण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । गणेश अधिकारी, कुमार लामिछाने, शुन्दरमणि अधिकारी, महेश खरेल लगाएतका नेतृत्वहरुले देखाएको बाटो नविराई आम पाँचखाल नगरवासिको अधुरो सपना पुरा गर्नेमा दृढताको साथमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार